ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वडा नं ९ लोखिमबाट प्रवाह गरिने सेवा काठमाडौँबाट प्रदान


admin
२८ मंसिर २०७५, शुक्रबार   २ : २८   बजे

सोलुखुम्बु, २८ मङ्सिर । यहाँको थुलुङदूधकोशी गाउँपालिका वडा नं ९ लोखिमबाट प्रवाह गरिने सेवा काठमाडौँबाट प्रदान गरिएको छ । काठमाडौँको चावहिलमा लोखिम हाउस नामबाट सञ्चालनमा रहेको कार्यालयबाट वडाको सेवा प्रदान गरिएको हो ।

काठमाडौँलाई कार्यथलो बनाएर बसेका वडावासीलाई लक्षित गरी हरेक महीनाको अन्तिम दुई दिन लोखिम हाउसले काठमाडौंबाट सेवा दिँदै आएको छ । गत भदौ महीनामा कोठा भाडामा लिएर सेवा थालिएको वडाध्यक्ष भूपाल सिंह राईले जानकारी दिनुभयो ।

लोखिम हाउसबाट हालसम्म चार पटकमा १३० जनालाई सेवा प्रदान गरिसकिएको छ जसमध्ये सबैभन्दा धेरै पञ्जीकरण सम्बन्धी सेवा रहेको लोखिम हाउस काठमाडौँले जनाएको छ ।

वडा कार्यालय र वडाध्यक्ष स्वयंको पहलमा महीनाको अन्तिम दुई दिन वडाका सम्पूर्ण सेवा काठमाडौँबाटै प्रदान गर्ने सो वडा जिल्लाकै एक मात्र वडा हो ।

“सेवा सञ्चालनका लागि मेरो आफ्नै निजी खर्चमा काठमाडौं जाने र आउने गर्छु ।” वडा अध्यक्ष भुपाल सिंह राईले भन्नुभयो, “वडावासी जनतालाई सहज सेवा प्रदान गर्नु हाम्रो दायित्व हो ।” लोखिम हाउसमार्फत वडाबाट हुने सबैखाले सेवा प्रदान गरिने वडा अध्यक्ष राईको भनाइ छ । “काठमाडाँैमा रहेका लोखिमवासी जनतालाई लोखिम हाउसले सजिलो बनाएको छ ।”

एक सेवाग्राही दावा गेल्जे शेर्पाले भन्नुभयो, “वडा कार्यालयको कदमका कारण समय र पैसाको बचत भएको छ, हाम्रा जनप्रतिनिधिदेखि हामी सन्तुष्ट छौ ।” काठमाडौंमा सञ्चालन गरिने लोखिम हाउसबाट विवाह, जन्म, मृत्यु दर्ता र जग्गाको कागजात मिलाउनेलगायत सेवा लिनेको सङ्ख्या अधिक रहेको वडा अध्यक्ष राईको भनाइ थियो ।

आफू निर्वाचित भइसकेपछि जनतामा गरेको प्रतिबद्धता पूरा गर्नको लागि नै लोखिम हाउसको स्थापना गरिएको वडाध्यक्ष राईको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बीवाईडी र साइमेक्स इन्कद्वारा प्रधानमन्त्री राहत कोषमा ७ करोड रुपैयाँ सहयोग

रसुवा बाढीमा पत्रकार टेकराज थामी र निराजन पौडेलका परिवारका पाँच सदस्य सम्पर्कविहीन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu