तेह्रथुम, २८ मङ्सिर । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले तेह्रथुमका पीडितसँग छलफल गरेको छ ।
आयोगले जिल्लाका पीडित तथा सरोकारवालासँग अन्तक्र्रिया गर्दै उजुरीमाथि विस्तृत अनुसन्धानसमेत गरिरहेको छ ।
बिहीबारदेखि शुरु भएको अनुसन्धानको कामसमेत अन्त्यतिर पुगेको आयोगले जनाएको छ । आयोगमा तेह्रथुमबाट १७ जना बेपत्ता रहेका व्यक्तिका परिवारले उजुरी गरेका थिए । त्यसमध्ये बिहीबार १२ वटा उजुरीमाथि विस्तृत अनुसन्धान सकिएको बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका प्रवक्ता प्राध्यापक डा विष्णु पाठकले बताउनुभयो ।
आयोगमा देशभरबाट तीन हजार १९२ वटा उजुरी परेका छन् । तीमध्ये ८५ प्रतिशत बढी उजुरीमाथि पुसको तेस्रो हप्ताभित्र अनुसन्धान गरिसक्ने प्रवक्ता पाठकले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्