ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारविरुद्ध भयानक प्रचार युद्ध भइरहेको छ : प्रधानमन्त्री ओली


admin
१ पुस २०७५, आइतबार   २ : ३३   बजे

काठमाडौं,१ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सही बाटोमा हिडिरहेको बताउनुभएको छ । पूर्व नेकपा (एमाले) निकट प्रगतिशिल तथा पेशागत कानुन व्यावसायी महासंघ (पिपिएलए) र नेकपा (माओवादी केन्द्र) निकट गणतान्त्रिक तथा प्रगतिशिल कानुन व्यवसायी संघ(आरपिएलए)को एकिकरणलाई आज पार्टी केन्द्रीय कार्यलय धुम्बाराहीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले सफलता तर्फ अघि बढीरहेको सरकारका विरुद्ध अनेक किसिमका दुष्प्रचार गरिएको बताउनुभएको छ । “हामी अहिले असाधरण सफलताको विन्दुमा छौं” प्रधानमन्त्री ओलीले भन्नुभयो “तर यो सफलताको विरुद्ध भयानाक प्रचार युद्ध सञ्चालनमा छ । त्यसलाई परास्त गर्नुपर्दछ । ”

कम्यूनिष्ट पार्टीले बहुमत जनताको अभिमतबाट,बहुमत प्रतिनिधीले अनुमोदन गरेर बनाएको सरकारलाई केही- केहीलाई प्रिय नलाग्ने भए पनि यसले आम -जनताको हितमा नै काम गर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो ।

“प्रचार युद्धमा गणतन्त्रका धरोहरहरुलाई आक्रमण गरिएको छ । राष्ट्रपतिका विषयमा अनावश्यक दुष्प्रचार छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “यो कुनै व्यक्ति विशेष नभएर गणतन्त्रलाई नै धराशायी बनाउने योजनामा केन्द्रित छ ।”

गणतन्त्र विरुद्धको दुष्प्रचारका विरुद्ध बोल्नु आफ्नो कर्तव्य भएको प्रधानमन्त्री ओलीको भनाइ छ । “जबसम्म डमरुलाई कसैले आक्रमण गर्दैन तवसम्म बघिनी चुप लागेर बस्छे तर जब डमरुलाई कसैले आक्रमण गर्छ बघिनी जतिसुकै ठुलो भिड भए पनि प्रतिकारमा उत्रन्छे ।

यो उसको धर्म नै हो ” प्रधानमन्त्री ओलीले भन्नुभयो “कम्यूनिष्ट आन्दोलन ,नेकपा र सरकारका विरुद्ध हमला गर्नेहरुले यो कुरा हेक्का राख्नु पर्दछ ।”

दुई संगठनको एकिकरणबाट नेपाल कानुन व्यावशायी संगठन (एनएलए) को गठन गरिएको छ । संगठनको संयोजकमा रुद्र नेपाल र सहसंयोजकमा दिनमणी पोख्रेल सहित ४५ सदस्यीय समिती चयन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group