ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विस्थापित बैंक पुनःस्थापना भएनन्


admin
३ आश्विन २०७४, मंगलबार   ३ : ३२   बजे

बैतडी, ३ असोज ।  सशस्त्र द्वन्द्वका बेला असुरक्षाले सदरमुकाम सरेका ग्रामीण क्षेत्रका बैंकका शाखाहरु अझै पुनःस्थापना हुन सकेका छैनन् ।

शहरमा टोलैपिच्छे बैंक खुले पनि बैतडीका व्यापारिक केन्द्रका बासिन्दाले बैंकिङ कारोबार गर्न सास्ती भोग्दै आएका छन् । कृषि विकास बैंक र नेपाल बैंकका शाखा पुनःस्थापना नहुँदा स्थानीयवासी हजारौँ खर्चेर सदरमुकाम जान बाध्य छन् । बैंकको अभावमा सर्वसाधारणसँगै सरकारी, गैरसरकारी, विद्यालयलगायतका निकायलाई समस्या हुँदै आएको छ ।

विसं २०६८ को जनगणनाअनुसार बैतडीको कूल दुई लाख ५० हजार ८९८ जनसंख्याको आधासम्म पनि बैंकिङ सेवा पुग्न सकेको छैन । बैतडीको तल्लोस्वराड क्षेत्रको मेलौली, पुरचौडी क्षेत्रकोे हाट र डिलाशैनी गाउँपालिकाको गोकुलेश्वरमा बैंक पुनःस्थापना नभएका हुन् ।

बैतडीको साविकका गोकुलेश्वर, डिलासैनी, रुद्रेश्वर, सित्तड, रिम गाविस र दार्चुलाको गोकुलेश्वर, शिखर, रिठाचौपाता लगायतका गरी १२ गाविसको केन्द्र बैतडीको गोकुलेश्वरमा, यस्तै हाट, कुवाकोट, महादेवस्थान, मल्लादेही, तल्लादेही विजयपुर, कोटिला, भूमिराज, भटना र न्वादेउ गरी १० गाविसको व्यापारिक तथा प्रशासनिक केन्द्र रहेको पुरचौडी हाटमा र तल्लोस्वराडका साविकका मेलौली, उदयदेव, गिरेगाडा, पञ्चेश्वर, महाकाली, आमचौरा, शमौली, कुलाउ, विशालपुरलगायतका १२ गाविसको मुख्य बजार मेलौलीमा बैंक पुनःस्थापना हुन सकेका छैनन् ।

विसं २०५८ अघि गोकुलेश्वर र पुरचौडी हाटमा कृषि विकास र नेपाल बैंक र मेलौलीमा कृषि विकास बैंकका शाखा रहेका थिए । पहिलो संविधानसभाको निर्वाचनसँगै ती बैंक पुनःस्थापनाको माग हुँदै आएको छ । राजनीतिक दलहरुले पुनःस्थापनाको नारा दिएर दुईपटक चुनाव जिते पनि कसैले चासो नदिएको स्थानीयवासीको आरोप छ । “पटक पटक बैंक पुनःस्थापनाको माग जिल्ला र केन्द्रसम्म पु¥याइसक्यौँ,” पुरचौडी नगरपालिका हाटका लालबहादुर भण्डारीले भन्नुभयो – “गाउँ आउने नेताहरुले सधैँ पुनःस्थापनाको आश्वासन दिए पनि बैंक आउने सुरसार छैन ।”

मेलौलीमा जिल्ला आयुर्वेद अस्पताल, इलाका प्रहरी, क्याम्पस, प्राथमिक स्वास्थ्य केन्द्रसहित इलाकास्तरका अन्य कार्यालय रहेका छन् । बैतडीको दुर्गम क्षेत्र मानिएको पुरचौडी हाटमा गत वर्षको असारदेखि इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ ।

पुरचौडी क्षेत्रका करिब एक दर्जन गाविसमा सेवा दिने उद्देश्यले पुरचौडी हाटमा इलाका प्रशासन कार्यालय शुरु गरिएको हो ।
सामान्य बैंकिङ कारोबार गर्न एक दिन खर्चेर सदरमुकाम पुग्ने बाध्यता भएको स्थानीय बासिन्दाले बताएका छन् । हाटका स्थानीय बासिन्दा विकल्पमा पाटन बजार जाने गरेका छन् । पाटन बजारमा कृषि विकास बैंक र ग्लोबल आइएमई बैंकको शाखा रहेका छन् । गाउँ नजिकमा बैंक नआउँदा टाढा जाने बाध्यताले आर्थिक भारसँगै समय बढी खर्च हुने गरेको स्थानीय बासिन्दाको भनाइ रहेको छ । “सदरमुकाम र पाटन जाँदा एकै दिनमा आउजाउ गर्न सकिने अवस्था हुँदैन,” स्थानीय तथा मेलौली नगर कार्यपालिकाका सदस्य सुरत पार्कीले भन्नुभयो, “बचत र झिक्ने रकमभन्दा खर्च बढी हुने गर्छ ।”

दार्चुला र बैतडीको सीमा बजार बैतडीको गोकुलेश्वरमा पनि बैंक पुनःस्थापना भएको छैन ।द्वन्द्वका बेला असुरक्षाका कारण दर्शाएर सदरमुकाम सरेका ग्रामीण क्षेत्रका बैंकहरु पुनःस्थापना हुन सके ग्रामीण क्षेत्रका बासिन्दालाई सहज हुने निश्चित छ ।

सरकार गत साउनमा बैतडीका छ वटा स्थानीय तहमा नयाँ बैंकका शाखा खोल्ने भने पनि हालसम्म पनि खुल्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त

मकवानपुरमा तरकारी बोकेको ट्रक १०० मिटर तल खस्यो, एक जनाको मृत्यु

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu