ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिउंदे अधिवेशन बोलाउनुपर्ने सरकार अध्यादेशमै रमायो


एबीसी न्यूज
२ पुस २०७५, सोमबार   ८ : २५   बजे


काठमाडौं, २ पुस। यतिबेला संसद् भवन सुनसान छ । वर्षे अधिवेशन सकेको लामो समय भैसक्दा पनि हिउंदे अधिवेशन आह्वान भएको छैन । एकातिर विधेयक अधिवेशनको रुपमा मानिने हिउंदे अधिवेशन आह्वानको अझै सुरसार छैन भने अधिवेशन बोलाउनुपर्ने सरकार अध्यादेशमै रमाएको छ । नयां संविधान अनुसार बनाउनै पर्ने कैयौं महत्वपूर्ण कानुन बनाउन बांकी रहेको अवस्थामा संसद अधिवेशन नबसेको उदेकलाग्दो अवस्था छ ।

संघीय संसदको हिउदे अधिवेशनको सयम सिमा घर्किसक्दा समेत अधिवेसनका सुरसार सुरु भएको छैन । अधिवेसन हुन नसक्नुको कारण नयां बानेश्वरस्थित संसद भवनमा मर्मत भइरहेकाले भनिएता पनि मर्मत संभार सकिदा समेत अधिवेसनको टुंगो लाग्न सकेको छैन ।
संसद अधिवेशन सुरु भएर बस्ने नियमित बैठकमा यतिखेर नया तथा पुराना बिधेयकको बारेमा छलफल सुरु भैसक्नुपर्ने हो । तर हिउदे अधिवेसनका लागि गरिएको ढिलाइले अहिलेसम्म संसद भवन सुनसान छ ।

संसद सचिवालयले अधिवेशनको सबै तयारी पुरा गरिसकेको बताएको छ । तर, अधिवेशन आह्वान गर्नुपर्ने दायित्व बोकेको सरकारले अहिलेसम्म पनि अधिवेसन आवाहन नगर्दा कहिलेबाट हिउंदे बैठक सुरु हुने हो ? निश्चित नै छैन ।

विधेयक अधिवेशनका रुपमा बोलाइने हिउदे अधिवेशनमा मौजुदा ३३९ वटा ऐनलाई शंसोधन वा खारेज गर्नुपर्ने संवैधानिक बाध्यता छ । तर राष्ट्रिय सभाको छलफलमा १६५ वटा बिधेयक बाधक नभएको भएपनि नया बिधेयक संसोधनको आवश्यकता देखिएको छ । अधिवेशनको टुंगो नलाग्दा कानुन निमार्ण प्रक्रिया समेत रोकिएको छ ।

यता प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले हिउदे अधिवेशनको तयारी भइरहेको बताएका छन । सभामुख महराले ढिलोमा पुसको दोश्रो साता अधिवेशन सुरु हुने दाबी गरेका छन । महराले आगामी अधिवेशनमा नया संविधान कार्यान्वयन गर्न आवश्यक पर्ने ऐन कानुन र विधेयकलाई अन्तिम रुप दिने बतँए ।

तीन वर्ष अघि बनेको नयां संविधानको कार्यान्वयनमा अझै पनि चुनौति बांकी छ । कानुन निमार्णमा समेत दलहरुबीच आपसी असन्तुष्टि छ । कानुन न्याय तथा संसदीय न्याय मन्त्री भानुभक्त ढकालले आगामी अधिवेशनमा साझा सूचि सम्बन्धि, संविधानसंग बाझिएका कानुन र संक्रमणकालिन न्याय सम्बन्धि विधेयकको समस्या समाधान गर्न सरकार प्राथममिकता साथ लाग्ने बताए ।

यस्तै यसअघि पनि संवैधानिक व्यवस्थाअनुसार मौलिक हक कार्यान्वयन गर्न आवश्यक ऐन हतारमा पारित गरिए पछि त्यसपछि असन्तुष्टिको कारण संसोधनको माग हुदै आइरहेको छ । हिउंदे अधिवेशनलाई सयममै नबोलाईंदा बिधेयकहरु छलफलको लागि प्रयाप्त छलफल नहुने समस्या फेरि पनि आउने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group