ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हरितकृषि सहकारी संस्था लिमिटेड ब्यापारी ठग्दै (भिडियोसहित)


एबीसी न्यूज
२ पुस २०७५, सोमबार   ११ : ३१   बजे

काठमाडौं, २ पुस। समाजकल्याण परिषदबाट सञ्चालिते भृकुटीमण्डमप स्थित इच्छुमतिमा व्यापार गर्दै आएका व्यपारीहरु बजारको व्यवस्थापन गर्ने हरितकृषि सहकारी संस्था लिमिटेडले व्यवसायीलाइ ठगी गरेको आरोप लगाएका छन । उनीहरु उठाएको भाडाको हिसावकिताव चुक्ता नगर्ने र वजारका व्यापारीहरुलाई विनागल्ती गालीगलौज गर्ने गरेको भन्दै व्यापारीहरु आक्रोषित भएका हुन् ।

यो हो इच्छुमति सामुदायिक कृषि बजार । काठमाण्डौको भृकुटीमण्डमपमा अवस्थित यो बजार २०५४ सालमा स्थापना भएको थियो । साविकमा रत्नपार्क अगाडी व्यापार व्यवसाय गरिरहेका फुटपाथ व्यापारीलाई काठमाण्डौ महानगरपालिकाले पैदल यात्रुलाई असहज भएको र दुर्घट्ना बढेको भन्दै समाजकल्याण परिषदको जमिनमा व्यापार गर्न आग्रह ग¥यो ।

२०५४ सालदेखी यो कृषि बजार स्थापना भयो । स्थापनाको ६ वर्षसम्म टेन्डर प्रकृयाबाट समाजकल्याण परिषदलाई भाडा बुझाउने र व्यापार स्टलको व्यवस्थापन गर्ने गरिएको थियो । तर टेन्डरप्रकृयाबाट सम्झौता अनुसारको भाडा नउठेको भनेर २०६० सालदेखी व्यापारीहरुले आफै बहाल तिर्न थालेका थिए । गत बर्ष २०७४ साल असोजमा हरितकृषि सहकारी संस्था लिमिटेडले समाजकल्याण परिषदसंग २५ वर्षको सम्झौता गरेर त्यही कात्तिकदेखी लागु हुने गरि मासिक १० लाख ८९ हजार रुपैयामा सम्झौता ग¥यो ।

सम्झौतामा ३ महिनाको धरौटी रँख्ने निर्णय भएको थियो । तीन महिनाको धरौटी ३२ लाख ६७ हजार रुपैया हुन्छ । तर सहकारीले भने बजारका व्यापारीलाइ १६/१६ महिनाको वहाल रकम धरौटी राख्न भनेर सबैलाइ पत्र मार्फत आहन ग¥यो । धरौटी नराख्ने हो भने बजार छोड्न बाध्य हुनुपर्नेसम्म चेतावनी दियो । सवै व्यवसायीसंग १६ महिनाको धरौटी बापत सहकारीले २ करोड ३७ लाख रुपैया जम्मा ग¥यो । तर त्यसमा जम्मा ३२ लाख ६७ हजार रुपैया मात्र समाजकल्याण परिषदलाइ बुझाएको पाइएको छ ।

२ करोड ३७ लाख रकम व्यवसायीसंग उठाएर त्यसको हिसावकिताव सार्वजनिक नगरेको व्यवसायीको आरोप छ । धरौटी राखेको १५ दिनमा सहकारीमा पासबुक लिन जादा तीनओटा भौचरमा सिग्नेचर गर्न लगाएर पैसा फिर्ता गरेको भनी झुक्याएको पनि व्यवसायीको आरोप छ । त्यतीमात्र हैन की समाजकल्याण परिषदसंग १० प्रतिशतमात्र भाडा वृद्धि गरी सम्झौता गरेकोमा व्यावसायीसंग भने मासिक भाडा पनि ५० प्रतिशतले वृद्धि गरेको छ ।

हरित कृषि सहकारीका कार्यकारी प्रमुख कमल चन्द्र बराल भने समाजकल्याण परिषद्ले १० प्रतिशत भाडा पनि वृद्धि गरेको र बजार व्यवस्थापन को लागि सेक्युरेटी गार्डदेखी सम्पुर्ण कर्मचारी पनि राख्नुपर्दा धरौटी राख्न बाध्य बनाएको बताउछन ।

तर संस्थाको जग्गामा बसी व्यापार गरिरहेका व्यावसायीसंग अनावश्यक रकम उठाउने र धम्की दिने जस्ता काम गर्न भने कदापी गर्न पाइदैन । यसको सटटा बजार व्यवस्थित गरेर चलाउन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group