बाँके,२ पुस । बाँकेको बैजनाथ गाउँपालिका ५ जीगाउँमा स्कुल बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।
पुर्व पश्चिम राजमार्ग अन्तरर्गत कोहलपुर बाँसगढी सडकखण्डमा पर्ने जीगाउँमा आज बिहान बसको ठक्करबाट सुर्खेतका दुई युवकको ज्यान गएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रवक्ता प्रहरी निरीक्षक मानबहादुर बिसिले जानकारी दिए ।
कोहलपुरबाट सम्झनाचोक जादै गरेको बालज्योती बोर्डिग स्कुल कोहलपुरको बा १ क ४४९५ नम्बरको बसले विपरत दिशाबाट आइरहेको लु ४३ प ९५९९ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।
मृत्यु हुनेमा सुर्खेत लेकबेसी नगरपालिक- १ का बिक्रम गहतराज र गुर्भाकोट नगरपालिक-१२ का मदन सुनार रहेको प्रहरी निरिक्षक बिसीले जानकारी दिए ।
दुवै जनाको दुर्घटनास्थलमा नै मृत्यू भएको बताइएको छ । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्