दैलेख,२ पुस । दैलेखमा आज दिउँसो साढे १ बजे तिर आत्महत्या गर्न खोजेका छोरालाई बचाउन खोज्दा छोराले उल्टै आफ्नो आमाको हत्या गरेका छन् ।
झुण्डियर मर्छु भनी दिउसो करिब साढे एक बजे तिर हिडेको बेला आमा, बज्यै र बहिनीले छेक्न खोज्दा उनीहरुमाथि कोदालो प्रहार गर्दा आमाको मृत्यु भएको हो ।
दैलेखको नारायण नगरपालिका ३ भुर्तिमा छोरा बलाराम नेपालीले कोदालो प्रहार गर्दा ४७ वर्षिया आमा पार्वती सार्किको मृत्यु भएको हो भने सोहि ठाउँ निवासी जुवारी नेपाली, कौशिला नेपाली र मन्दिरा नेपाली घाईते भएका छन् ।
कोदालोले लाग्दा घाईते मध्ये जुवारी नेपालीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरीले कार्यलय दैलेख जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव निरिक्षक ठाकुरप्रसाद पोखरेलका अनुसार कोदालो प्रहार गर्ने बलारामलाई प्रहरीले नियन्त्रणमा लिईसकेको छ भने, घाईते तिनै जनाको अहिले दैलेख जिल्ला अस्पताल उपचार भैरहेको छ ।
प्रतिक्रिया दिनुहोस्