ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्मला हत्याकाण्ड : ५ सय ३२ पृष्ठको प्रतिवेदनमा , ३६ जना प्रहरीमाथि कारवाहीको सिफारिस


एबीसी न्यूज
२ पुस २०७५, सोमबार   ५ : ५२   बजे

काठमाडौं, २ पुस।  निर्मला पन्तको हत्या अनुसन्धानमा प्रहरीले लापरबाही गरेको भन्दै प्रहरीकै भूमिकामाथि छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ। एआइजी धिरु बस्न्यातको टोलीले सोमबार आइजिपी सवेन्द्र खनाललाई प्रतिवेदन बुझाएको हो।

निर्मला हत्याकाण्डको अनुसन्धानमा प्रहरी अधिकारीकै भूमिकामाथी शंका उठेपछि प्रहरी प्रधान कार्यालयले गत साउनमा एआईजी बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । आईजीपी खनालले बस्न्यात नेतृत्वको समितिलाई प्रहरीको भूमिकाबारे आन्तरिक अनुसन्धान तयार पारेर प्रतिवेदन तयार पार्न निर्देशन दिएका थिए । समितिले ५ सय ३२ पृष्ठ लामो प्रतिवेदन तयार पारेको छ ।

समिति स्रोतले भन्यो, ‘‘समितिले अनुसन्धानमा कुनै न कुनै रुपमा जोडिएका सबै प्रहरीमाथि अनुसन्धान गरेको थियो । लामो अनुसन्धानपछि प्रतिवेदन तयार पारिएको हो । प्रतिवेदनमा प्रहरीबाट कहाँ–कहाँ कमजोरी भए लगायतका विषय समेटिएका छन् ।’’

स्रोतका अनुसार बस्न्यात नेतृत्वको समितिले अनुसन्धानमा संलग्न ३६ जना प्रहरीमाथि कारवाहीको सिफारिस गरेको छ । यसअघि नै कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट, वडा प्रहरी कार्यालय कञ्चनपुरका इन्स्पेक्टर जगदिश भट्ट बर्खास्तीमा परिसकेका छन् भने अन्य ६ जना प्रहरी निलम्बनमा छन् ।

साउन १० गते घरबाट साथीको जान्छु भनेर निस्किएकी बालिका पन्त पन्त भोलिपल्ट उखुबारीमा मृत भेटिएकी थिइन्। उनका हत्यारा अहिलेसम्म पत्ता लाग्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group