भोजपुर, २ पुस । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता व्यक्तिका परिवारले बेपत्ता सदस्यको अवस्था छिटो सार्वजनिक गर्न माग गर्नुभएको छ ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले भोजपुरका पीडित तथा सरोकारवालासँग आज गरेको अन्तरक्रियाका सहभागीले सो माग गर्नुभएको हो ।
द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिका आफन्तले बेपत्ता छानबिन आयोगले अहिलेसम्म आफूहरुलाई न्याय दिन नसकेको भन्दै सत्यतथ्य चाँडो सार्वजनिक गर्न माग गर्नुभएको हो । आयोगले भने उजुरीमाथि विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।
आयोगमा भोजपुरबाट १९ बेपत्ता परिवारले उजुरी दिएकामा दुईको पहिचान भइसकेको बताउँदै आयोगका सदस्य डा विष्णु पाठकले भोजपुरमा आधाभन्दा बढी पीडितले राज्यबाट पाउने सेवासुविधा अझै नपाएको बताउनुभयो । जिल्लामा बेपत्ता भएका १९ मध्ये आठ जनाले मात्र राज्यबाट पाउने सेवासुविधा पाएको सो अवसरमा जानकारी दिइयो ।
प्रतिक्रिया दिनुहोस्