दाङ,२ पुस । दाङको घोराही बजारका बिभिन्न पसल तथा उद्योगमा कार्यरत १४ जना बालश्रमिकको उद्धार गरी परिवारको जिम्मा लगाईएको छ ।
घोराही उपमहानगरपालिका र युनिसेफको सहयोगमा हिमालयन शान्ति तथा विकास अभियान हिप्डेक नेपालले उद्धार गरेका १४ जना श्रमिक बालबालिकालाई नगर प्रमुख नरुलाल चौधरीले आबश्यक शैक्षिक सामाग्रिहरु सहित माला लगाएर परिवारको जिम्मा लगाएका छन ।
बालबालिकालाई परिवारको जिम्मा लगाउदै नगर प्रमुख नरुलाल चौधरीले अभिभाबकहरुलाई जिम्मेवार बन्न आग्रह गरे ।
आफ्ना बालबालिकालाई उमेर अनुसार उसले पाउने अधिकारको ग्यारेण्टी अभिभाबकले नै गर्नुपर्ने भन्दै बालबालिकालाई श्रममा नपठाउन आग्रह गरे ।
उपमहानगरलाई बालमैत्री नगर बनाउने योजना रहेको भन्दै उनले काममा लगाउने र पठाउने दुबैलाई कार्वाही हुने कानुनमा व्यवस्था भएको भन्दै सचेत बन्न सबैलाई अपिल समेत गरे ।
कामबाट उद्धार गरिएका बालबालिकाहरुलाई विद्यालय भर्ना गर्ने सहमति अनुसार परिवारलाई आयआर्जनका लागि जनही १५ हजार रुपैयाँ व्यवसायी खर्च समेत दिईएको हिप्डेकका अध्यक्ष विकिरण गौतमले बताए ।
उनीहरुलाई विद्यालय जानका लागि पोशाक, झोला, कापि, कलम उपलब्ध गराईएको छ भने अभिभाबकलाई १५ हजार रुपैयाँका दरले व्यवसाय गर्न रकम अध्यक्ष गौतमले बताए ।
उनीहरुलाई ग्रिल उद्योग, गाडी धुलाई सेन्टर, होटल, फर्निचर उद्योग, जुत्ता सिलाउने पसलबाट उद्धार गरेर परिवारमा पुर्नःस्थापना गरिएको अध्यक्ष गौतमले बताए ।
उनिहरुलाई नियमित निगरानी राखेर विद्यालय पठाईने र अभिभाबकले व्यवसाय सञ्चालन गरेर पढाई खर्च जुटाउने उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्