तुलसीपुर, २ पुस । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी)का महासचिव मोहन वैद्यले राष्ट्रिय स्वाधीनता रक्षा र जनजीविकाका सवालमा मुद्दा मिल्नेसँग कार्यगत एकता गरेर अगाडि बढ्ने बताउनुभएको छ ।
रिपोर्टर्स क्लब दाङले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले पार्टीले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि मेची महाकाली अभियान शुरु गर्ने निर्णय गरेकोसमेत बताउनुभयो ।
उहाँले अन्य कम्युनिष्ट पार्टीबीच पनि एकीकरणको प्रक्रियामा रहेको जानकारी गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्