घोराही,२ पुस। एक महीनादेखि सम्पर्कविहीन रहेका घोराही उपमहानगरपालिका-१३ का १७ वर्षीय सुबास पुनको शव फेला परेको छ ।
गत कात्तिक ३० गते स्वर्गद्वारी घुम्न गएका पुनको आज घोराही-१९ को हरिकिसे जङ्गलको भिरमा शव फेला परेको हो । स्थानीय महिला दाउरा सङ्कलनका लागि जङ्गल गएको समयमा शव देखेपछि खबर गरेका थिए ।
मृतकका भिनाजु विवेक गुरुङले कपडामार्फत पहिचान गरेको बताइएको छ । शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका लागि ल्याइएको छ । मृतकको शरीर सबै गलेको अवस्थामा रहेको छ ।
उनीसँगै स्वर्गद्वारी गएका अन्य नौ जना घर फर्किएपछि उनको खोजी शुरु गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्