काठमाडौं, ३ पुस । सडकमा गुड्ने सवारी साधनमा लेखिएका गजल र सायरीहरुका कारण दुर्घटना हुन सक्ने भन्दै ट्राफिक प्रहरीले हटाउन अभियान सुरु गरेको छ ।
क्याविनमा सिसा नै छेक्ने गरि झपक्क राखिएका झल्ला र पछाडी लेखिएका विभिन्न गजल तथा सायरीतिर चालकको ध्यान जाँदा दुर्घटना हुन सक्ने भएकाले दोलखा ट्राफिकले अभियान सुरु गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख चन्द्रमान तामाङले दुई साता देखि सुरु गरिएको अभियानले सार्थकता पाएको बताए । उनले १५ मंसिरदेखि अहिलेसम्म ८ सय भन्दा धेरै सवारी साधनमा राखिएका सायरीहरु हटाइसकेको बताए ।
प्रतिक्रिया दिनुहोस्