ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अपराध बिरुद्ध रुपन्देही प्रहरीको अभियान


sharan sharan
३ पुस २०७५, मंगलबार   ९ : २४   बजे

बुटवल, ३ पुस ।
इलाका प्रहरी कार्यालय बुटवलले बिभिन्न अभियोगका आरोपित ९ जनालाइ सार्बजनिक गरेको छ ।
बुटवल प्रहरीले सामाजिक सञ्जाल इमोबाट चिठ्ठा परेको छ भन्दै रकम ठगि गर्ने ३ जना सहित ८ जनालाइ पक्राउ गर्दै सार्बजनिक गरेको हो । भैरहवाका एक जनालाइ भारतीय २५ लाख परेको छ भन्दै त्यसको इन्कम ट्याक्स भारु ४५ हजार माग गर्ने ३ जनालाइ रुपन्देहीको भैरहवा सिद्धार्थनगर १ बेलहिया नाकाबाट पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रमुख एसपि हृदय थापाले बताउनुभयो ।
उनीहरुलाइ पुस १ गते राती पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा सिद्धार्थनगरपालिका १ बस्ने खालील पठानको छोरा २१ बर्षिय अब्दुल पठान, रुपन्देही रोहिणी गाउपालिका १ बस्ने जलाल अहमदको छोरा २० बर्षिय सम्मुदिन जोलाहा र भारत महाराजगंज सुनौली ग्राम बस्ने अब्दुल अबइको छोरा १८ बर्षिय मुन्ना भन्ने मोहम्मदन हसन रहेका छन् । उनीहरुलाइ इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ । उनीहरुको साथबाट २ लाख ४१ हजार ५ सय नगद पनि बरामद भएको छ ।
त्यस्तै प्रहरीले लागु औषध सहित देबदह वडा न ७ निबासी ३० बर्षिय सुनिल गुरुङ र सोहि ठांउका २७ बर्षिय केशब सिंहलाइ पनि पक्राउ गरि सार्बजनिक गरेको हो । उनीहरुलाइ लु ४ प ७७७३ नम्बरको मोटरसाइकल खान तलासि गर्दा ४४० मिली ग्राउन ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
त्यस्तै जर्बजस्ती करणी उद्योगमा १ जनालाइ पनि पक्राउ गरेको छ । देबदह वडा न ५ मा पुस १ गते बाटोमा हिडिरहेको महिलालाइ दुब्यबहार गर्दै जबरजस्ती गर्न खोज्ने देबदह ५ का ५३ बर्षिय रामबहादुर बिक पनि पक्राउ परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक डिलबहादुर मल्लले पत्रकार सम्मेलनमा बताउनुभयो ।
त्यस्तैगरि बुटवल ६ मा महिलामाथि जर्बजस्ती गर्न खोज्ने बुटवल वडा न ६ का २५ बर्षिय कमलसिंह सिंजालीमगर पनि पक्राउ परेका हुन् ।
प्रहरीले सिद्धार्थनगरबाट तनहु १३ बस्ने सहिदा खानलाइ पनि पक्राउ गरेको छ । खानले लागु औषधको कारोबार गर्ने गरेको भेटिएको प्रहरीको भनाई छ । चोरीको मोटरसाइकलमा संलग्न बुटवल १० का प्रकाश फुलेललाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार उनले मिलनचोकमा र्पािकङ गरेको लु ३२ प १८८१ को मोटरसाइकल चोरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गरिएको निवेदनमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

भोटेकोसी बाढीले रसुवामा ४० किलोमिटर सडक क्षतिग्रस्त, ४१ पुल भत्किए

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu