बुटवल, ३ पुस ।
इलाका प्रहरी कार्यालय बुटवलले बिभिन्न अभियोगका आरोपित ९ जनालाइ सार्बजनिक गरेको छ ।
बुटवल प्रहरीले सामाजिक सञ्जाल इमोबाट चिठ्ठा परेको छ भन्दै रकम ठगि गर्ने ३ जना सहित ८ जनालाइ पक्राउ गर्दै सार्बजनिक गरेको हो । भैरहवाका एक जनालाइ भारतीय २५ लाख परेको छ भन्दै त्यसको इन्कम ट्याक्स भारु ४५ हजार माग गर्ने ३ जनालाइ रुपन्देहीको भैरहवा सिद्धार्थनगर १ बेलहिया नाकाबाट पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रमुख एसपि हृदय थापाले बताउनुभयो ।
उनीहरुलाइ पुस १ गते राती पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा सिद्धार्थनगरपालिका १ बस्ने खालील पठानको छोरा २१ बर्षिय अब्दुल पठान, रुपन्देही रोहिणी गाउपालिका १ बस्ने जलाल अहमदको छोरा २० बर्षिय सम्मुदिन जोलाहा र भारत महाराजगंज सुनौली ग्राम बस्ने अब्दुल अबइको छोरा १८ बर्षिय मुन्ना भन्ने मोहम्मदन हसन रहेका छन् । उनीहरुलाइ इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ । उनीहरुको साथबाट २ लाख ४१ हजार ५ सय नगद पनि बरामद भएको छ ।
त्यस्तै प्रहरीले लागु औषध सहित देबदह वडा न ७ निबासी ३० बर्षिय सुनिल गुरुङ र सोहि ठांउका २७ बर्षिय केशब सिंहलाइ पनि पक्राउ गरि सार्बजनिक गरेको हो । उनीहरुलाइ लु ४ प ७७७३ नम्बरको मोटरसाइकल खान तलासि गर्दा ४४० मिली ग्राउन ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
त्यस्तै जर्बजस्ती करणी उद्योगमा १ जनालाइ पनि पक्राउ गरेको छ । देबदह वडा न ५ मा पुस १ गते बाटोमा हिडिरहेको महिलालाइ दुब्यबहार गर्दै जबरजस्ती गर्न खोज्ने देबदह ५ का ५३ बर्षिय रामबहादुर बिक पनि पक्राउ परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक डिलबहादुर मल्लले पत्रकार सम्मेलनमा बताउनुभयो ।
त्यस्तैगरि बुटवल ६ मा महिलामाथि जर्बजस्ती गर्न खोज्ने बुटवल वडा न ६ का २५ बर्षिय कमलसिंह सिंजालीमगर पनि पक्राउ परेका हुन् ।
प्रहरीले सिद्धार्थनगरबाट तनहु १३ बस्ने सहिदा खानलाइ पनि पक्राउ गरेको छ । खानले लागु औषधको कारोबार गर्ने गरेको भेटिएको प्रहरीको भनाई छ । चोरीको मोटरसाइकलमा संलग्न बुटवल १० का प्रकाश फुलेललाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार उनले मिलनचोकमा र्पािकङ गरेको लु ३२ प १८८१ को मोटरसाइकल चोरेका थिए ।
प्रतिक्रिया दिनुहोस्