ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल–अमेरिका सम्बन्धमा नयाँ आयाम : परराष्ट्रमन्त्री ज्ञवाली


एबीसी न्यूज
४ पुस २०७५, बुधबार   ८ : ४१   बजे

वाशिङ्टन डिसी, ४ पुस ।  नेपाल र अमेरिकाबीच सात दशक लामो सम्बन्धलाई व्यापक र विस्तृत बनाएर पारस्परिक हितका आधारमा अगाडि बढ्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अमेरिकाका विदेशमन्त्री माइक पम्पेओबीच मङ्गलबार वाशिङ्टन डिसीमा सहमति भएको छ ।

छलफलपश्चात रासससँग कुरा गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले भन्नुभयो, “अमेरिका र नेपालबीचको सम्बन्धलाई साझा अठोटका साथ अझ फराकिलो बनाउँदै लगेर पारस्परिक हितमा काम गर्न साझा प्रतिबद्धता जनाएका छौँ ।” मन्त्री ज्ञवालीले नेपाल सरकारले ‘सुखी नेपाली, समृद्ध नेपाल’ नारालाई व्यापार, लगानी र सहायताको मार्फतबाट अगाडि बढाउन खाजेको र त्यसमा अमेरिका सकारात्मक रहेको बताउनुभयो ।

“राजनीतिक बैठकले थप उचाइ हासिल गरेको छ”, उहाँले भन्नुभयो । मन्त्री ज्ञवालीले अमेरिकी सरकारका उच्च अधिकारीसँगको छलफलमा नेपालले तीनै तहको निर्वाचन सम्पन्न गरेर स्थिर सरकारको जग बसाल्न सफल भएको जानकारी गराउनुभएको थियो । नेपाल सरकारको प्राथमिकताको विषयमा जानकारी दिँदै उहाँले आफ्ना समकक्षी पम्पेओलाई भन्नुभयो, “हामीले सन् २०३० भन्दा अगाडि नै मध्यमस्तरको राष्ट्रको रुपमा स्तरोन्नति हुने लक्ष्य राखेको छाँै ।

दुई देशबीच राजनीतिक तहको सहभागितामा आर्थिक सहकार्य गर्ने विषयमा पनि महत्वपूर्ण छलफल भएको छ । बैठकमा दुई देशबीच उच्चस्तरीय भ्रमणको आदानप्रदान गर्ने र आर्थिक सहकार्यका लागि राजनीतिक तहको सहभागितामा त्यसलाई अभिवृद्धि गर्न सहमति भएको छ । व्यापार, लगानी र विकास सहायतामा दुई देशबीच सहकार्य गर्ने विषयमासमेत छलफल भएको छ ।

यसैगरी दुई देशका परराष्ट्रमन्त्रीबीच ‘मिलेनियम च्यालेञ्ज कोअपरेशन’को कार्यान्वयन र यसबाट लाभ हासिल गर्ने विषयमा पनि छलफल भएको थियो । मन्त्रिस्तरीय बैठक हुनुअगाडि परराष्ट्र सचिव शङ्करदास वैरागी र अमेरिकी विदेशमन्त्रालयको दक्षिण तथा मध्यएशिया हेर्ने विभागका सहायकमन्त्री एलिसा वेल्सबीच नेपाल–अमेरिका राजनीतिक परामर्श बैठक सम्पन्न भएको थियो । छलफलमा दुई देशबीच क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाका साथै द्विपक्षीय रुपमा भएका सम्झौताको कार्यान्वयन, नेपालको शान्ति प्रक्रिया, एमसिसि च्यालेञ्जलगायतका विषयमा महत्वपूर्ण छलफल भएको बैठकमा सहभागी अमेरिकाका लागि नेपालका राजदूत डा अर्जुन कार्कीले जानकारी दिनुभयो ।

बैठकमा नेपालको तर्फबाट राजदूत कार्की, अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल, गृह मन्त्रालयका सहसचिव महादेव पन्तलगायत दूतावासका प्रतिनिधि सहभागी थिए । अमेरिकी सरकारको तर्फबाट नेपालका लागि अमेरिकाका राजदूत रयाण्डी वेरीलगायत सरकारी निकायका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो । आज मन्त्री ज्ञवालीले एमसिसिका चिफ अपरेटिङ अफिसर, रक्षा मन्त्रालयका अधिकारी र सुरक्षा निकायका अधिकारीसँग छलफल गर्ने कार्यक्रम तय भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group