काठमाडौं,४ पुस । नेपाल औषधि लिमिटेडका महाप्रबन्धक डा रोबसकुसुम सुवदीले व्यक्तिगत कारण देखाउँदै आफ्नो पदबाट आज राजीनामा दिनुभएको छ ।
खुला प्रतिस्पर्धाबाट सो पदमा उहाँले विसं २०७३ पुस ७ गतेदेखि कार्यभार सम्हाल्नुभएको थियो । आज उद्योग मन्त्रालयका सचिव यमकुमारी खतिवडासमक्ष आफूले राजीनामापत्र बुझाएको उहाँले जानकारी दिनुभयो ।
उहाँले आफ्नो कार्यकालमा प्रायः बन्द अवस्थामा रहेको लिमिटेडलाई पुन :सञ्चालन गरी सिटामोल जीवनजल उत्पादन शुरु गराउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्