ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेलम्चीका कारण अन्य आयोजनाहरु प्रभावित हुने छैनन् : मन्त्री मगर


admin
४ पुस २०७५, बुधबार   ६ : ०७   बजे

काठमाडौं,४ पुस । खानेपानी मन्त्रालयको प्रथम चौमासिक प्रगति समीक्षा बैठक सम्पन्न भएको छ । खानेपानी मन्त्रालयको सभाहलमा आयोजित बैठकमा खानेपानी मन्त्री बीना मगरले देशैभरि आधारभूत खानेपानीको पहुँच पु¥याउन मन्त्रालयले ठोस कार्यक्रमहरु तीव्रताका साथ अघि बढाउने बताउनुभएको छ ।

बैठकको अध्यक्षता गर्दै उहाँले तीन वर्षभित्र जनतामाझ आधारभूत खानेपानीको सुनिश्चितता गर्न ढिलाई नगरी कार्यक्रमहरु अघि बढाउने बताउनुभयो ।

खानेपानी मन्त्रालय, मातहतका निकाय, प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयका प्रतिनिधिहरु सहितको संयुक्त बैठकमा मन्त्री मगरले रिजल्ट आउने गरी उत्साहजनक ढंगले कार्यक्रम तथा योजनाहरु कार्यान्वयन गर्दै लगिने स्पष्ट पार्नुभयो ।

बैठकमा मेलम्ची खानेपानी आयोजनाका बारे उठेका जिज्ञासाहरुलाई सम्बोधन गर्दै उहाँले संयमित भएर मेलम्चीमा आएको समस्या हल गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “मेलम्ची राष्ट्रिय गौरवको आयोजना भएकाले हाम्रो पहिलो ध्यान यसमा छ । मेलम्चीका कारण मन्त्रालयका अन्य आयोजना तथा कार्यक्रमहरु भने प्रभावित हुने छैनन् ।”

बैठकमा सचिव गजेन्द्रकुमार ठाकुरले मन्त्रालयले पूँजीगत खर्च बढाएर लैजाने र अन्य आयोजनाका कामहरु तीव्रताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बैठकमा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सुनिल दासले खानेपानीको पहुँच नपुगेका देशैभरिका नगरपालिका, गाउँपालिका, वडा तथा टोलहरुको पहिचान गरी तथ्यांक संकलन गरेर योजना पुस्तक तयार पारिएको जानकारी दिनुभयो ।

उक्त योजनाहरुका आधारमा मन्त्रालयले कार्यक्रमहरु अघि बढाउनेछ ।
राष्ट्रिय योजना आयोगका सहसचिव विजुकुमार श्रेष्ठले गुणस्तरीय खानेपानीको पहुँच पु¥याउने गरी कार्यक्रमहरु जनतामाझ लैजान आग्रह गर्नुभएको थियो ।

बैठकमा अर्थ मन्त्रालयका उपसचिव गौरीशंकर उपाध्यायले बजेटको पूँजीगत खर्च बढाउन मन्त्रालयलाई आग्रह गर्नुभयो । उहाँले मेलम्ची खानेपानी आयोजनाको काममा बजेट अभाव हुन नदिन अर्थ मन्त्रालय गम्भीर रहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “मेलम्ची राष्ट्रिय गौरवको आयोजना हो । अहिले जे जस्तो समस्या आएपनि बजेटको समस्या होला कि भनेर चिन्ता लिनु पर्दैन । मेलम्चीलाई चाहिने जति बजेट हामी उपलब्ध गराउँछौं ।”

बैठकमा आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख तिरेशबहादुर खत्रीले काठमाडौं उपत्यकाको सल्लाघारी, धोविघाट तथा कोड्कु र बालकुमारीमा ढल प्रशोधन केन्द्र निर्माण गर्ने कार्यको छिट्टै शिलान्यास गरिने बताउनुभयो । उहाँले गुह्येश्वरी ढल प्रशोधन केन्द्रको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक संजीवविक्रम राणाले वाटर एटीएम जडान गर्ने कार्य अन्तिम चरणमा रहेको र यसका लागि पुरातत्व विभागबाट अनुमति लिने प्रक्रिया अघि बढेको जानकारी दिनुभयो ।

उहाँले काठमाडौं उपत्यकामा सञ्चालित ट्यांकरहरु मध्ये हालसम्म ६ सय २० ट्यांकरलाई स्टीकर प्रदान गरिएको बताउनुभयो । यसैबीच खानेपानी मन्त्रालयको समीक्षा बैठक पनि आजै बुधबार बस्यो ।

बैठकमा मन्त्रालयबाट तयार भएको ढल नीति स्वीकृत भईसकेको र खानेपानी सँग सम्बन्धित छाता ऐन बनिसकेकोले पारित हुने प्रक्रियामा रहेको जानकारी गराईयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group