ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

परिस्थिति अनुसार कानून परिमार्जन हुँदै जान्छ : कानूनमन्त्री ढकाल


admin
४ पुस २०७५, बुधबार   ६ : ३७   बजे

काठमाडौं,४ पुस । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले निर्वाचित जनप्रतिनिधिको उच्च निकाय संविधानसभाबाट जारी भएको नेपालको संविधान विश्वकै उत्कृष्ट रहेको तथ्यले उजागर गरिरहेको बताउनुभएको छ ।

नेपाल कानून समाजद्वारा आज यहाँ आयोजित ‘संविधानको प्रभावकारी कार्यान्वयन : फौजदारी आचार संहितका मौलिक अधिकारको संरक्षण’ विषयको अन्तरक्रियामा उहाँले लोकतान्त्रिक विधि र प्रक्रियाबाट निर्माण भएको नेपालको संविधानको गरिमा र उचाइबारे अन्तर्राष्ट्रिय समुदायलाई गोष्ठी र अन्तक्र्रियाका माध्यमबाट अझै जानकारी गराउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

फौजदारी संहितासम्बन्धी कानून लागू गर्ने समयमै संशोधनको बोध भएको बताउँदै मन्त्री ढकालले भन्नुभयो, “समय र परिस्थितिअनुसार कानून परिमार्जन हुँदै जानेछ, नियमित अभ्यासबाट परिमार्जन र समृद्ध हुँदै जानेछ ।”

कुनै पनि आग्रह, पूर्वाग्रह, सीमाको बन्दीभित्र बसेर होइन, विनाहिचकिचाहट कानूनलाई समयानुकूल तुल्याउन संशोधन गरिने बताउँदै उहाँले जटिलता हुन्छ भनेर कार्यान्वयनमा नजाने होइन, परिमार्जन र समृद्ध तुल्याउन संशोधन गर्दै अघि बढ्ने हो भन्नुभयो ।

सर्वाेच्च अदालतका न्यायाधीश सपना मल्लले अपराधीले दण्ड पाउनुपर्छ तर उसको मानव अधिकारको हनन् हुन नदिने पाटोमा भने सरोकारवाला पक्ष सचेत हुनुपर्छ भन्नुभयो ।

प्रभावकारी अनुसन्धानमा प्रहरी र सरकारी वकिलको गहन भूमिका रहन्छ भन्दै उहाँले अपराधिको मृत्यु भए पनि न्याय मर्दैन भन्ने सिद्धान्तलाई मूर्तरुप दिन अनुसन्धानलाई राम्रो बनाएर न्यायको सुनिश्चित गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

महान्यायाधीवक्ता अग्निप्रसाद खरेलले अपराधीलाई पक्रनुअघि अदालतको आदेश कुर्नपर्ने कानूनी व्यवस्थाले प्रहरी प्रशासनलाई अप्ठ्यारो घटनाको विवरण सुनाउँदै अनुसन्धान र अभियोजनलाई प्रभावकारी बनाउन सरोकारवाला पक्षबीच समन्वयको खाँचो छ भन्नुभयो ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जनतालाई कानूनी राज्यको अनुभूति दिलाउन फौजदारी अपराधको अनुसन्धान र अभियोजन गर्ने प्रविधियुक्त र वैज्ञानिक बनाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

न्यायाधीश समाजका अध्यक्ष मोहनप्रकाश सिटौलाले अन्तर्राष्ट्रिय जगतको आँखामा हाम्रा व्यवहार, क्रियाकलाप र निर्णय नचुक्ने गरी होशियारपूर्वक गरिनुपर्छ भन्नुभयो ।

नेपाल कानून समाजका अध्यक्ष कोमलप्रकाश घिमिरेले न्यायाधीशलाई प्रमाणले हात बाध्ने हुँदा मुद्दाको सफल र असफलको मापन अनुसन्धान नै हो भन्ने पक्षलाई सरोकारवालाले बुझेर अनुसन्धानलाई सत्यतथ्यमा आधारित तुल्याउन आवश्यक छ भन्नुभयो ।

उहाँहरुले भन्नुभयो, “विगतमा पहिले थुन अनि सुन भन्ने ढङ्गले अनुसन्धान बढाइन्थ्यो, समय, काल र परिस्थितिअनुरुपमा अहिले सुन अनिमात्र थुन भन्ने अवधारणा विकास भइसक्यो, यसले अपराधीकोसमेत मानव अधिकारको संरक्षण गर्दछ ।

नेपालका लागि जर्मनका राजदूत रोलाण्ड सेफेरले फौज्दारी न्याय सम्पादनमा जर्मनीले अनुशरण गरेका अवधारणाबारे जानकारी लिन र अनुभव साटासाट गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

दुईदिने उक्त अन्तरक्रियामा सर्वाेच्च अदालत र मातहतका अदालतका न्यायाधीश, महान्यायाधीवक्ता कार्यालय, नेपाल प्रहरी, नेपाल बार एशोसियसनलगायतका सरोकार निकायका ५० भन्दाबढीको सहभागिता छ ।

सर्वाेच्च अदालतका पूर्वप्रधानन्यायाधीश, न्यायाधीश तथा फौजदारी न्यायका क्षेत्रमा कार्यरत विभिन्न विज्ञले प्रशिक्षण दिनुहुनेछ । उक्त कार्यक्रममा विशेषज्ञका रुपमा जर्मनीबाट दुई जना न्यायाधीशसमेत आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group