काठमाडौं,४ पुस । मस्तिष्क पक्षघात स्वावलम्वन समुह नेपाल तथा वल्डवाईड यूकेले संयूक्तरुपमा संचालन गरेको संरक्षकका लागि संरक्षण ( Care for Cares) कार्यक्रम अन्तर्गत संरक्षण संघको तदर्थ कार्य समिति काठमाडौमा आज गठन गरिएको छ ।
संरक्षक संघका सदस्यहरुको जिम्मेवारी तथा कार्य विभाजन गर्ने संरक्षक संघ दर्ता गर्नका लागि जिल्ला तथा स्थानको तय गर्न र संरक्षक संघको भावि कार्यतालीका बनाउने उदेश्यले बसेको वैठकमा पाँचवटा संरक्षक समन्वय समितिबाट दुई / दुई तथा कानुनि सल्लाहकार एक जना गरि ११ जना सदस्यीय कार्य समिति गठन गरिएको छ ।
उक्त कार्य समितिमा अध्यक्ष शक्ति थापा, उपाध्यक्षमा गोमादेवी अधिकारी , सचिवमा सुशिला मल्ल , सह सचिवमा निर्मला रावल, कोषाध्यषमा रुपा अधिकारी तथा सदस्यहरुमा ज्योति खतिवडा , राजेन्द्र मर्हजन , लक्ष्मी बस्नेत , प्रदिप कुमार श्रेष्ठ , सूर्यलक्ष्मी रंजित तथा दिपा मर्हजन रहेका छन् । संरक्षकका लागि संरक्षण कार्यक्रमकी संयोजक लुनि शाक्यको संयोजकत्वमा उक्त कार्यक्रम संम्पन्न भएको हो ।
प्रतिक्रिया दिनुहोस्