ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ज्यान मुद्दाका पाँच जना जेल चलान


admin
४ पुस २०७५, बुधबार   ७ : ४२   बजे

भोजपुर, ४ पुस । जिल्ला अदालतले आज विभिन्न मुद्दाका पाँच जनालाई जेल चलानको फैसला सुनाएको छ ।

अदालतले कतव्र्य ज्यान मुद्दामा रामप्रसाद राई गाउँपालिका–७ बासिखोराका ४० वर्षीय नरकुमार भन्ने सुमन राईलाई ११ वर्ष कैदसहित एक लाख जरिवानाको फैसला गरेको छ ।

अभियुक्त राईले गत कात्तिक २४ गते ४७ वर्षीय दिदीलाई कुखुराको खोरको ढोका लगाउन प्रयोग गरिने काठले टाउकामा हिर्काएर हत्या गरेको अदालतले जनाएको छ ।

अदालतले अरुण गाउँपालिका–४ चरम्बीका १४ वर्षीय निशान नेपालीलाई सोही ठाउँकी बालिकालाई करणी गरेको आरोपमा एक महीना कैद र रु ५० हजार क्षतिपूर्तिको फैसला गरेको हो ।

यस्तै २६ वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा अरुण गाउँपालिका–४ चरम्वीका सन्तोष विश्मकर्मालाई ६ वर्ष कैद र रु ५० हजार क्षतिपूर्तिको फैसला गरेको छ । विश्वकर्माले गत असोज ६ गते सोही ठाउँकी युवतीलाई करणी गरेका थिए ।

बहुविवाहको आरोपमा भोजपुरको षडानन्द नगरपालिका–१३ बोयाका प्रवीन श्रेष्ठ र भोजपुर नगरपालिका–१ बस्ने इन्दिरा तामाङलाई एक वर्ष ६ महीना कैद सजायसहित रु १५-१५ हजार क्षतिपूर्तिको फैसला गरेकोे छ । श्रेष्ठ र तामाङले गत कात्तिक ७ गते विवाह गरेका थिए । जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्नामको एकल इजिलासले सो आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गरिएको निवेदनमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

भोटेकोसी बाढीले रसुवामा ४० किलोमिटर सडक क्षतिग्रस्त, ४१ पुल भत्किए

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu