काठमाडौं , ५ पुस । केटालाई छापा । केटीलाई भद्री । यो पाकेटमारले प्रयोग गर्ने शब्दावली हो । यस्तै भाषा बोल्दै सार्वजनिक सवारीमा पाकेट मार्ने ७७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी परिसर काठमाडौंले ५० जना सादा पोसाकका प्रहरी खटाएर सार्वजनिक यातायात र सार्वजनिक स्थलबाट पाकेटमारलाई समातेको हो ।
यस्तो छ कोड
पैसा– द
मोबाईल – कान
पकेटमारीपीडित – रामे
मुख्य पाकेटमार – काशी
पैसा धेरै – टानको द
पैसा थोरै छ – जुटको द
गाडी – काँचा
केटा – छापा
केटी – भद्री
पुलिस आयो – ठुल्दाई आयो
ड्राइभर – माम
खलासी – मले
गाडीबाट झरेर भाग –टप्की
गाडीभित्र अगाडि सर – अकल जा
गाडीभित्र पछाडी सर – चिछल जा
प्रतिक्रिया दिनुहोस्