ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल र अमेरिकाबीच १७ वर्ष पछि उच्चस्तरीय वार्ता (भिडियोसहित)


एबीसी न्यूज
५ पुस २०७५, बिहिबार   १० : १४   बजे


काठमाडौं , ५ पुस । नेपाल र सयूक्त राज्य अमेरिकाबीच झन्डै १७ वर्ष पछि उच्चस्तरीय औपचारिक भेटवार्ता भएको छ । भ्रमणबाट नेपाल र संयुक्त राज्य अमेरिकाबीच सात दशक लामो सहकार्य तथा साझेदारीलाई अझ फराकिलो र घनिष्ठ बनाउन सहमत भएको परराष्ट्र मन्त्रालयलले प्रेश विज्ञप्ति मार्फत जानकारी दिएको छन ।

अमेरिकाको निमन्त्रणामा भएको यो भ्रमणलाई बर्तमान केप ओली नेतृत्वको सरकारको कूटनीतिक मामिलामा राम्रै सफलताको रुपमा छ । नेपालले पाएको स्थिर सरकार र विकास लक्ष्यमा अमेरिकाको चासो बढ्नु स्वाभाविक रहेको परराष्ट्र मामिला जानकारहरु बताउ“छन् । यद्यपि कुनै एक मुलुकतर्फ ढल्किने वा झुकाव राख्ने भन्दा पनि नेपालले असंलग्न परराष्ट्र नितीको अवलम्बन गरी मुलुकको विकासमा जोड दिन आवश्यक रहेको उनीहरुको भनाइ छ ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली यति बेला संयुतm राज्य अमेरिकाको औपचारिक भ्रमणमा छन् । ७ दशक पुरानो दौत्य सम्बन्ध रहेको नेपाल र अमेरिकाबीच १७ वर्ष पछि यो उच्चस्तरीय औपचारिक दुईपक्षीय वार्ता भएको हो । पछिल्लो समय सन् २००२ मा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको औपचारिक भ्रमण भएको थियो ।

विभिन्न अन्तराष्ट्रिय मञ्चहरुमा दुई मुलुकका उच्च पदस्थ व्यतिmहरुको भेट वार्ता भए पनि यस्तो द्धपक्षिय वार्ता भने हुन सकेको थिएन । मंगलबार परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र अमेरिकी विदेशमन्त्री माइक पोम्पेओबीच भेटवार्ता भएको छ । भेटवार्तापछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले संयुक्त राज्य अमेरिकास“गको सम्बन्धलाई थप मजबुत र प्रगाढ बनाउनेतर्फ ध्यान दिन दुवै पक्ष सहमत भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा ‘मिलेनियम च्यालेञ्ज कोअपरेशन’को कार्यान्वयन, नेपालको शान्ति प्रक्रिया, व्यापार, लगानी र विकास सहायतामा दुई देशबीच सहकार्य गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ ।

बेलायत पछि दोस्रो दौत्य सम्बन्ध कायम मात्र होइन पहिलो पटक आधिकारिक रुपमा सबैभन्दा ठूलो राशीको अनुदान प्रदान गर्ने मुलुक हो संयुतm राज्य अमेरिका । अमेरिका पहिले देखि नै नेपालको विकासमा सहयोग सहकार्य गर्न तयार थियो तर नेपालको राजनितीक अस्थिरताका कारण त्यति प्रभावकारी भएन । अहिले नेपालमा तुलनात्मक रुपमा स्थायित्व आएको छ । त्यसैले सहकार्य गर्न खोज्नु सकारात्मक भएको परराष्टविद्हरु बताउछन ।

नेपालका लागि यो भ्रमण महत्वपुर्ण हो । भ्रमण तालिका र भ्रमणमा भेट गर्ने निकायहरुको विश्लेषण गर्दा सुरक्षाप्रतिको दृष्टिकोणले अझ महत्वपूर्ण भएको देखाउने परराष्ट्र जानकारहरुको विश्लेषण छ ।

नेपालको पछिल्लो परिवर्तन र उपलब्धि विश्वका लागि उदाहरण बनेको छ । यो उदाहरण र उपलब्धिको फाइदा लिई मुलुकको समृद्धिमा सहयोग र सहकार्यको वातावरण बनाउनु अर्को महत्वपुर्ण विषय हो । त्यसो त कुनै पनि मुलुकसंग नजिक वा टाढाको सम्बन्ध भन्दा पनि भारत, चीन र अमेरिकालाई दुई पक्ष्ँिय विकासमा जोड दिनुपर्ने विज्ञहरुको सझाव छ । भेटवार्तालाई फोटो र औपचारिकता र नया“ विषय भन्दा पनि कार्यन्वयनमुखी हुनु पर्ने उनीहरुको जोड छ ।

अमेरिकाले अहिले ७७ वटा नेपाली उत्पादनमा भन्सार छुट दिंदै आएको छ । यसअघि नै नेपालमा विद्युत र सडकका लागि ६५ अर्ब रूपिया“ उपलब्ध गराएको छ । लामो राजनितीक अस्थिरता पार गर्दै आम नागरिकको चाहना संघियता सहितको स्थिर राज्य व्यवस्था स्थापना भएको छ । सरकारले सुखी नेपाली समृद्ध नेपालको लक्ष्य तय गरेको छ ।

समृद्धि नेपालका लागि राष्ट्रिय स्रोत र साधनको खोजि मात्र नभई अन्तराष्ट्रिय सहकार्य र समन्वयमा विशेष जोड दिइरहेको सरकारको दावी छ । सरकारले पछिल्लो समय छिमेकी मुलुकसंगको सम्बन्धमा विशेष जोड दि“दै आएको छ । भारत र चीनस“गको सम्बन्धलाई बढी प्राथमिकतामा राखी अन्य मुलुकसंगको कूटनितिक सम्बन्धलाई ध्यान नदिएको टिकाटिप्पणी भइरहेको अवस्थामा यो भ्रमण ठुलो उपलब्धि बन्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसीमा बनेको ताल फुटेको खबरपछि गोसाइँकुण्ड गाउँपालिकाको सतर्कता

सम्बन्धित

विदेशबाट आईएमईमार्फत निःशुल्क राहत कोषमा रकम पठाउन सकिने

बीमा कसुरको आरोपमा हिमालयन रिइन्स्योरेन्सकी सीईओ पौडेल पक्राउ

हिमालयन रिइन्स्योरेन्सकी पूर्वसीईओ उपासना पौडेल पक्राउ

सुनको भाउमा निरन्तर गिरावट

बाढी प्रभावित नुवाकोट र रसुवामा ५०० थान सोलार पावर बैंक हस्तान्तरण

बाढी–पहिरो पीडितको राहतका लागि श्रृंखला र सम्भवले २५ लाख रुपैयाँ दिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu