काठमाडौँ, ५ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।
बिहीबार ८ जना सदस्यहरुले धारणा राखेपछि बैठक भोलिसम्मका लागि स्थगित भएको छ । आजको बैठक पौने तीन घण्टा बसेको थियो । अर्को बैठक भोली बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा नै बस्नेछ ।
गएको शनिबारदेखि जारी नेकपाको स्थायी समिति बैठकमा सदस्यहरुले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमा आ–आफ्नो धारणा राखिरहेका छन् ।
आजको बैठकमा किरण गुरुङ, पेशल खतिवडा, अमृतकुमार बोहरा, पम्फा भुसाल, लिलामणी पोखरेल, चक्रपाणी खनाल, माृतका यादव र विष्णु रिमालले आ–आफ्नो विचार व्यक्त राखेका महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिए ।
बुधबारको बैठकमा स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङ, रघुवीर महासेठ, भीमप्रसाद आचार्य, रघुजी पन्त, वर्षमान पुन, सुरेन्द्र पाण्डे, लेखराज भट्ट र पुष्प कँडेलले राजनीतिक प्रतिवेदनका सम्बन्धमा आआफ्नो विचार व्यक्त गरेका थिए ।
आजसम्म स्थायी समितिका ३४ जना सदस्यहरुले आफ्नो विचार राखेका छन् । ४५ सदस्यीय स्थायी समिति रहेको नेकपामा बाँकी सदस्यहरुले धारणा राखेपछि अध्यक्षले जवाफ दिनेछन् ।
प्रतिक्रिया दिनुहोस्