डडेल्धुरा,५ पुस । डडेल्धुरामा निसासिएर छोराको मृत्यु भएको छ ,भने आमा बेहोस भएकी छन् । बैतडी जिल्ला मेलैली नगरपालीका वडा २ बस्ने अन्दाजी १३ वर्षीय विनोद भट्टको गएराती मुत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
अमरगढी नगरपालीका ५ डडेल्धुरा पेन्सीएया एकेडेमीमा केयरटेकरको रुपमा कार्यरत हिरा भट्टको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाईते हिरालाई विहीबार बिहान उपक्षेत्रीय अस्पताल डडेल्धुराले धनगढी रेफर गरेको बताएको छ ।
जाडोका कारण कोठामा कडाईमा आगोका कोइलाहरु राखी ढोका थुनी सुतेका आमा छोरा विहीबार बिहान निसासिएर बेहोस भएको अवस्थामा फेला परेपछि उपचारका लागि उनीहरुलाई उपक्षेत्रीय अस्पताल पुर्याएका थिए । अस्पतालले छोरा बिनोदको करिब ६ घण्टा अगाडी नै मृत्यु भएको अनुमान गरेको छ ।
डडेल्धुरा सदमुकाम नजिकै रहेको बैजनाथ माबि मौरोडामा कक्षा ६ मा अध्ययनरत विद्यार्थी रहेको प्रहरीले जनाएको छ । भट्टका बुबा कामको शिलशिलामा विदेशमा छन् ।
प्रतिक्रिया दिनुहोस्