ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुर्खेतबाटै पहिलोपटक अनुमतिपत्र नवीकरण सेवा


admin
५ पुस २०७५, बिहिबार   ४ : १३   बजे

वीरेन्द्रनगर, ५ पुस । यातायात व्यवस्था कार्यालय सुर्खेतले पहिलोपटक सवारी चालक अनुमतिपत्रको नवीकरण सेवा शुरु भएको छ । आज कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले उक्त सेवाको उद्घाटन गर्नुभएको हो ।

मन्त्री ज्वालाले प्रदेश अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा डम्मर खड्काको अनुमतिपत्र नवीकरण गरेर सेवा उद्घाटन गर्नुभएको हो ।

नवीकरण सेवा उद्घाटनपछि आर्थिक मामिला तथा योजनामन्त्री ज्वालाले यातायात व्यवस्था कार्यालयबाट प्रदान गरिने सबै सेवा दिनका लागि व्यवस्थापन गर्न प्रदेश सरकार लागेको बताउनुभयो । उहाँले सेवालाई निरन्तर र जनमुखी बनाउने प्रतिबद्धतासमेत जनाउनुभएको छ ।
हालसम्म राजश्व सङ्कलनको मात्र काम गर्दै आएको यातायात कार्यालयले अबदेखि सवारी साधन दर्ता, चालक अनुमतिपत्र वितरण, नवीकरण, परीक्षा सञ्चालन समेत गर्नेछ ।

नवीकरण सेवा शुरु भए पनि अन्य कामका लागि भने केही समय लाग्ने कार्यालयका निमित्त प्रमुख घनश्याम बोगटीले जानकारी दिनुभयो ।
उहाँका अनुसार कार्यालयमा जनशक्ति पूर्ति, विद्युतीय तथा सञ्चार प्रणालीको आवश्यक व्यवस्थापनपछि कार्यालयबाट सबै सेवा प्रदान गरिने छ । कार्यालयमा २९ जना कर्मचारीको दरबन्दी भए पनि पूरा जनशक्ति नभएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group