ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरीले समयमै जनताको काम नगरे, दुःख दिए फोन गर्नुस् : उपरीक्षक लामा


admin
५ पुस २०७५, बिहिबार   ८ : २३   बजे

 

काठमाडौं,५ पुस । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी बरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले प्रहरीले समयमै जनताको काम नगरे, दुःख दिए वा घुस मागेमा तत्काल जानकारी गराउन आग्रह गर्नुभएको छ ।

महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर र ट्रिटन इन्टरनेशनल कलेज सुविधानगरद्वारा संयुक्तरुपमा आज कलेजमा आयोजित प्रहरी–विद्यार्थी साझेदारी कार्यक्रमलाई सम्बोधन गर्दै लामाले प्रहरी सङ्गठनमा विभिन्न ठाउँ र परिवेशबाट आएका सबै प्रहरी असल, नैतिकवान र इमान्दार छन भनेर ठोकुवा गर्न नसकिने बताउनुभयो । पछिल्लो समय महानगरीय प्रहरी परिसर काठमाडौँले ३८ प्रहरीलाई निलम्वन गरिएको जानकारी दिनुभयो ।

“जनतालाई न्याय दिन पहल गर्छु, सुरक्षा दिन्छु, दुःख परेको बेलामा सहयोग गर्छु भनेर प्रहरी सङ्गठनमा आबद्ध केही प्रहरीले पीडितलाई न्यायको लागि सहयोग नगर्ने, उल्टै अपराधीसँग मुख जोडेर काम गर्ने गरेकाले प्रहरी सङ्गठनप्रति जनताको विश्वास गुम्न थालेको हो,” लामाले भन्नुभयो ।

कञ्चनपुरकी १३ वर्षिया किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरणमा प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको र अपराधि भेटिने कुरामा दुईमत नभएको उहाँको दावी थियो ।

उहाँले विगतमा रानीबारी हत्याकाण्ड लगायतका विभिन्न अपराधमा सङ्लग्न अपराधिलाई ढीलो भएपनि पक्रिन प्रहरी सफल भएको प्रष्ट पार्नुभयो ।

कार्यक्रममा पत्रकार बलराम प्यासी, महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका प्रमुख प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्ले, कलेजका प्राचार्य डा विहारीविनोद पोखरेल, सहप्राचार्य श्रीकृष्ण विष्टलगायते आ–आफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group