ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दिउँसै बत्ती बालेर पढाउनुपर्ने बाध्यताबाट छुटकारा पाउँदै


admin
५ पुस २०७५, बिहिबार   ८ : ३७   बजे

काभ्रेपलाञ्चोक, ५ पुस । पनौती नगरपालिका–७ स्थित पनौती आधारभूत विद्यालयमा नयाँ भवन बन्ने भएपछि शिक्षक र विद्यार्थी दिउँसै बत्ती बालेर पठनपाठन गर्नुुपर्ने बाध्यताबाट छुटकारा पाउने भएका छन् ।

पाठशालाको नामबाट चर्चित उक्त विद्यालयको स्थापना १९७२ सालमा भएको थियो । शताब्दी पुरानो सो विद्यालयले आन्तरिक पर्यटकको समेत ध्यान आकर्षित गरेको छ । विद्यालय पनौती क्षेत्रको पुरानो गल्लीभित्र रहेको छ ।

यो ठाउँबाट प्रसिद्ध मकर मेला हेर्न जाने स्थल ब्रह्मायणी क्षेत्र नजिकै पवर्छ । यहाँ पुग्ने जोकोहीले पनि विद्यालयको अवलोकन गर्ने गरेका छन् । सो विद्यालयमा शिशु कक्षादेखि कक्षा ८ सम्म पठनपाठन गरिँदै आएको छ ।

नयाँ भवन निर्माणपछि पठनपाठनमा निकै सहजता आउने विद्यालयका प्रधानाध्यापक लक्ष्मीकृष्ण ताम्राकारले बताउनुभयो । उहाँले भन्नुभयो, “कक्षाकोठा निकै साँघुरा छन्, कष्टकररुपमा विद्यार्थीलाई पढाइरहेका छौँ ।” विद्यार्थी सङ्ख्या अत्यधिक भए पनि भौतिक पूर्वाधारको अभावमा २०४५ सालमा निर्मित पुरानै भवनमा पढाउन बाध्य भएको उहाँको भनाइ छ ।

नगरपालिकासँग समन्वय गरी भवन निर्माणका लागि बजेटको माग गरेको ताम्राकारले बताउनुभयो । पनौतीको इतिहास बोकेको सो विद्यालयलाई नमूना बनाउन पनौती नगरपालिकाले समेत सहयोग गर्ने नगर प्रमुख भीम न्यौपाने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “विद्यालयलाई सहयोग गर्न नगरपालिका सधैँ तयार छ ।”

पिस इन्टरनेशल ट्राभल एण्ड टुर्सको रु तीन करोड तीस लाखको सहयोगमा उक्त विद्यालयको भवन निर्माण भइरहेको छ । मङ्सिर २८ गते सो भवनको शिलान्यास गरिएको हो ।

विद्यालयको जीर्ण पूर्वाधार देखेर सहयोग गरेको पिस इन्टरनेशनलका सर्वोत्तम श्रेष्ठले बताउनुभयो । “नगरपालिकालगायतको सहयोगले काम गर्न हौसला मिलेको छ” उहाँले भन्नुभयो । भवन निर्माण दुई वर्षभित्र सम्पन्न गरिने श्रेष्ठले बताउनुभयो ।

विद्यालयमा भौतिक पूर्वाधारको मात्र अभाव छैन, विद्यार्थीका लागि खेल्ने ठाउँको समेत अभाव छ । विद्यार्थी सडकमा खेल्न बाध्य छन् । हाल विद्यालयमा २४१ विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group