बुटवल, ५ मंसिर ।
प्रदेश नम्बर ५ मा मात्र सन २०१८ को ११ महिनामा ७ सय ४७ वटा मानवअधिकार उल्लंघनको घटना भएको एक तथ्यांकले देखाएको छ ।
अनौपचारीक क्षेत्र सेवा केन्द्र ईन्सेक प्रदेश ५ कार्यालयले आज बुटवलमा गरेको एक कार्यक्रममा २०१८ जनवरी देखि नोभेम्बर सम्म ७ सय ४७ मानवअधिकार उल्लंघनको घटना भएको तथ्यांक देखाईएको छ । ईन्सेकले सार्वजानीक गरेको प्रतिबेदन अनुसार यस अवधिमा प्रदेश नम्बर ५ मा राज्य पक्षबाट २ जना र अन्य पक्षबाट २६ जनाको हत्या भएको , १५ जनालाई गैरकानुनी गिरफ्तार गरिएको , ४ जनालाई यातना दिईएको, तथा १ सय ७४ बाल अधिकार र ४ सय ८७ महिला अधिकार हनन्का घटना भएका छन् । त्यसै गरि प्रदेशमा ९ वटा जातिय बिभेद, २ वटा अपहरण, १० वटा भौतिक संरचना क्षेति तथा १० अमानविय ब्यवहारका घटना भएका छन् ।
कार्यक्रममा बोल्दै ईन्सेकका प्रदेश प्रमुख भोला महतले राज्यले बनाएका कानुनको प्रभावकारी अनुगमन नहुंदा मानवअधिकार उल्लंघनका घटना हुने गरेको बताउनुभयो । कार्यक्रममा ईन्सेकका अध्यक्ष डाक्टर ईन्दीरा श्रेष्ठ, प्रदेश न्यायाधिवक्ता ठाकुर डिसी, प्रदेश कानुन मस्यौदा आयोगका अध्यक्ष कुमार शर्मा आचार्य लगायतले मानवअधिकार उल्लंघनका घटना प्रति चिन्ता ब्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्