काठमाडौं,६पुस । डिल्लीबजार जेलमा रहेका गुन्डा नाइके दीपक मनाङ्गे रिहा भएका छन् ।
सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएपछि उनी शुक्रबार रिहा भएका हुन। मनाङेमाथि ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा परेको थियो ।
अर्का गुण्डा नाइके चक्रे मिलनको हात काटेको घटनामा उनलाई दोषी ठहर गरी जेल सजाय गरिएको थियो । प्रहरीको फरार सूचीमा रहेका उनलाई गत वर्ष मनाङबाट प्रदेशसभामा निर्वाचित भएपछि नै पक्राउ गरी जेल पठाइएको थियो।
प्रतिक्रिया दिनुहोस्