ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संविधानसंग बाझिएका सबै ऐन संसोधन गरिन्छ : अध्यक्ष तिमिल्सिना


admin
६ पुस २०७५, शुक्रबार   ४ : ४८   बजे

काठमाडौं,६ पुस । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक व्यवस्था अनुसार फागुन २० गते सम्ममा संविधानसंग बाझिएका सबै ऐन संसोधन गरिने बताउनुभएको छ ।

संसदीय मामिला पत्रकार समुहका नवनिर्वाचित पदाधिकारीलाई शुक्रबार सिंहदरबारस्थित आफ्नै सचिवालयमा बधाई तथा शुभकामना दिदै अध्यक्ष तिमिल्सिनाले संविधानले गरेको व्यवस्था अनुसार निर्धारित समय भित्रै सबै ऐन संसोधन गरिसक्ने बताउनुभएको हो ।

संघीय संसदको दुवै सदनमा पर्याप्त छलफल, विचार विमर्श गरि प्रक्रियासम्मत ढंगले ऐनहरु पास गरिने पनि उहाँले बताउनुभयो । कतिपय पुराना ऐनहरु सामान्य संसोधन मात्रै गरे पुग्ने अवस्थामा रहेको भन्दै उहाँले समय भित्रै सबै प्रक्रिया पुरा गरेर आवश्यक कानुनहरु संघीय संसदले पास गर्ने विश्वास व्यक्त गर्नुभयो ।

संघीय संसद बैठक प्रारम्भ भएको मितिले एक बर्ष भित्र संविधानसंग बाँझिएका ऐन संसोधन गरि पास गरिसक्नुपर्ने व्यवस्था संविधानले गरेको छ । त्यसैगरी संविधान कार्यान्वयनका लागि आवश्यक नया कानुन पनि आगामी फागुन २० गते भित्र संसदबाट पास भई प्रमाणिकरण भईसक्नुपर्ने व्यवस्था छ ।

अध्यक्ष तिमिल्सिनाले सकारात्मक आलोचना मार्फत संसदका गतिविधि जनतामाझ पुर्याउने सवालमा प्रभावकारी भुमिका निर्वाह गर्न निर्वाचित पदाधिकारीलाई सुझाव दिनुभयो ।

मामिलाका नवनिर्वाचित अध्यक्ष नारायण काफ्लेले ससदीय रिपोर्टिङलाई सहज र प्रभावकारी बनाउन सचिवालयको सहयोग महत्वपुर्ण भएकाले आपसी सहयोग आदानप्रदानमा सहयोगी भुमिका निर्वाह हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group