ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्लाहीमा एक युवकको वीभत्स हत्या


admin
७ पुस २०७५, शनिबार   ३ : ०४   बजे

सर्लाही, ७ पुस ।  सर्लाहीको बरहथवा नगरपालिकामा एक युवकको हत्या भएको छ । बरहथवा–५ का राम बिलास महतोका ३० वर्षीय छोरा मालिक महतोको वीभत्स तरिकाले हत्या भएको हो ।

धारिलो हतियारले उनको टाउको क्षतविक्षत गरी हत्या गरिएको छ । आज बिहान घरभन्दा एक किलोमिटरको दूरीमा सडकमा महतोको हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

नयाँरोड बरहथवा सडकखण्डबाट हात्तीडण्डातर्फ जाने भित्रीबाटोमा सोती चोरनिया पुल नजिक टाउको क्षतविक्षत र घोप्टो परेर लडेको अवस्थामा महतोको शव फेला परेको इलाका प्रहरी कार्यालय प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

मोबाइलमा फोन आएपछि राति घरदेखि बाहिर निस्केको महतो अबेर रातिसम्म घर नफर्केको र मोबाइल अफ बताएपछि घर परिवारका व्यक्ति खोजतलास गर्दा महतो मृतावस्थामा फेला परेको स्थानीयवासी अशोकसिंह कोइरीले जानकारी दिनुभयो ।

मृतक महतो वाग्मती नगरपालिकाको जिरायतमा आफैँले सञ्चालन गरेको निजी विद्यालयमा पढाउँदै आएका थिए । हत्यामा संलग्नको खोजी तथा घटना सम्बन्धमा अनुसन्धान भइरहेको सर्लाही प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो ।

हत्यारलाई पक्राउ गर्नुपर्ने माग गर्दै आफन्त तथा स्थानीयवासीले प्रहरीलाई शव उठाउन दिएका छैनन् । मृतकका डेढ वर्ष र चार वर्षका दुई छोरा छन् । शव उठाउन नदिएपछि कुकुरसहित प्रहरीको विशेष अनुसन्धान टोली घटनास्थलमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group