ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लाइसेन्स लिएको दशक बित्यो, प्रगति शून्य


admin
७ पुस २०७५, शनिबार   ६ : ०७   बजे

सुर्खेत, ७ पुस । इजाजत अनुमतिपत्र(लाइसेन्स) पाएको एक दशकसम्म चुनढुङ्गा उत्खनन कार्य शुरु गर्न नसक्दा चौकुने सिमेन्ट आयोजनाको भविष्य अन्योलमा परेको छ ।

पश्चिम सुर्खेतको चौकुने क्षेत्रका चुनढुङ्गा उत्खनन गरी गुटुमा सिमेन्ट कारखाना सञ्चालन गर्ने उद्देश्यले इजाजत लिएको मुक्तिश्री सिमेन्ट इण्डस्ट्रिज प्रालिले अझै आयोजना अघि बढाउन सकेको छैन् । दुई वर्षदेखि कम्पनीका कर्मचारी आयोजना स्थलमा छैनन् ।

गुटुदेखि चौकुने डा“डासम्म सडक निर्माण गरी कम्पनीले २०७३ पुस २८ गते नमूनाका रुपमा चुनढुङ्गा उत्खनन थालेको थियो । कम्पनीले कामअघि नबढाएर पटक÷पटक म्याद मात्र थप्दै आएको भन्दै स्थानीयवासी आक्रोशित छन् । चौकुने खानी क्षेत्र सरोकार समितिका संयोजक रामलाल बयकले कम्पनीकै आग्रहले जग्गा खरीद बिक्री रोकेको गुनासो पोख्नुभयो ।

‘‘अधिग्रहण हुने भएपछि जग्गा किनबेच रोक्यौँ’’ उहाँले भन्नुभयो, “छनोट गरेको दुई वर्ष बितिसक्यो ।” चुनढुङ्गा उत्खनन कार्य शुरु नहुँदा त्यस क्षेत्रका बासिन्दा कम्पनीले खानी ओगटेर राखेको आरोप लगाउँछन् । अर्का स्थानीयवासी कर्णबहादुर बयकले कानूनी आधार देखाएर कम्पनीले सिङ्गो खानी क्षेत्र कब्जा गरेको बताउनुभयो ।

कम्पनीले विद्युत्को समस्या देखाउँदै आयोजना सञ्चालन गर्न नसकेको जनाएको छ । सिमेन्ट कारखाना सञ्चालनका लागि करीब १४ मेगावाट विद्युत् आवश्यक पर्ने कम्पनीको दाबी छ । सम्झौतामा आयोजनाका लागि आवश्यक शान्ति सुरक्षा, खानी क्षेत्रसम्म सडकको पहु“च र विद्युत् सरकारले उपलब्ध गराउनुपर्ने उल्लेख छ । कम्पनीका परियोजना संयोजक लोकबहादुर अधिकारीले ‘खानी होल्ड’ मै राख्ने कुनै मनसाय नभएको बताउनुभयो ।

‘‘कम्पनीले आफ्नै लगानीमा सडक बनायो,’’ उहाँले भन्नुभयो, “सडक त बनायौँ, विद्युत् त हाम्रो सार्मथ्यमा छैन् ।” पछिल्ला दुईवर्ष खानी विभागले लाइसेन्स नवीकरण नगर्दा झन् ढिलाइ हुन पुगेको कम्पनीको स्वीकारोक्ति छ । लाइसेन्स नवीकरण नगर्दा अदालत गुर्हानु परेको परियोजना संयोजक अधिकारीको भनाइ छ ।

पाटन उच्च अदालतको आदेशपछि खानी विभागले मुक्तिश्रीको लाइसेन्स नवीकरण गरेको थियो । ‘‘विद्युत्को समस्या छदै थियो, खानी विभागले लाइसेन्स नवीकरण नगर्दा अदालत जानुप¥यो’’ उहाँले भन्नुभयो, “सम्झौताको एक दशकसम्म ‘प्रगति’ शून्य देखिएपछि विभागले लाइसेन्स रद्द गरेको थियो ।

कम्पनीले यसअघि सशस्त्र द्वन्द्वलगायत विभिन्न समस्या दर्शाउ“दै उद्योग सञ्चालनमा बेवास्ता गर्दै आएको थियो ।” खानी क्षेत्र चौकुने गाउ“पालिकाअन्तर्गत चौकुने, कुवा, खोप्री, थरेलगाउ“, काफलगैरा र ओटपोखरीमा गरी ११ हजार रोपनी क्षेत्रफलमा फैलिएको छ ।आयोजनाका लागि कम्तीमा एक हजार ३८० रोपनी जग्गा अधिग्रहण गर्नु पर्नेछ ।

कम्पनीले जग्गा भाडामा लिने आवश्वासन दिए पनि प्रक्रिया अघि बढाएको छैन् । खानी विभागले २०३५ देखि २०३९ सालसम्म यहा“को चुनढुङ्गा परीक्षण गरेर सिमेन्ट उत्पादन गर्न योग्य प्रमाणित गरेको थियो ।

कारखानाका सञ्चालनका लागि करीब रु आठ अर्ब लागत अनुमान छ । मुक्तिश्रीले दैनिक एक हजार ५०० देखि पा“च हजार टन सिमेन्ट गर्ने लक्ष्य लिएको छ । निर्माण शुरु भएमा लागत, उत्पादन र क्षेत्रफलका हिसाबले चौकुनेलाई मुलुककै ठूलो सिमेन्ट कारखानाको रुपमा दाबी गरिएको छ ।  रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group