सिरहा , ८ पुस । सिरहा सिरहाको गोलबजार नगरपालिका ४ स्थित नेपाल टेलिकमको टावर नजिक प्रेसर कुकर बम भेटिएको छ ।
गोलबजारको मुख्य बजार क्षेत्रदेखि दक्षिण बलकवा जाने बाटोमा पर्ने बस्तीदेखि ५० मिटर पश्चिम र टेलिकमको रिपिटर टावरनजिकै बम भेटिएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । बम भेटिएको ठाउँ नजिकै ‘स्वतन्त्र तराई निर्माण सेना’ को पर्चा भेटिएको छ ।
प्रहरीका अनुसार बाहिर प्रेसरकुकर देखिएपनि घाँसभित्र राखिएकाले के हो भन्ने यकिन हुन सकेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्