खोटाङ , ८ पुस । ट्याक्टर दुर्घटना हुँदा तीनजनाको ज्यान गएको छ । दिक्तेलबजारबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा जाँदै गरेको को २ त ५६६० नम्बरको ट्याक्टर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको कालीखोलामा दुर्घटना भएको हो ।
मृत्यु हुनेमा चालक तथा ट्याक्टर धनी ३५ वर्षीय मिनप्रसाद लुईटेल, २१ वर्षीय माईकल राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका १८ वर्षीय खेमराज भुजेल रहेको प्रहरीले जनाएको छ ।
लुईटेल र राईको घटनास्थलमै तथा भुजेलको जिल्ला अस्पतालमा उपचारकोक्रममा आइतबार बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी राजकुमार केसीले बताउनुभयो ।
दुर्घटनामा गम्भीर घाइते भएका निर्मलीडाँडाका २१ वर्षीय दुर्गाबहादुर लुईटेलको अवस्था चिन्ताजनक छ । उनलाई हेलिकोप्टरबाट काठमाडौं पठाउने तयारी भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्