दाङ,८ पुस । दुर्घटना न्युनिकरण गर्न ५ नम्बर प्रदेश प्रहरीले सवारी चलाउँदा चालकहरुलाई मोवाइल प्रयोग गर्न रोक लगाएको छ ।
एक पछि अर्को ठुला दुर्घटनाहरु भैरहेको बेला प्रदेश प्रहरी कार्यालयले आफ्नो मातहतमा रहेका सबै जिल्लामा जुनसुकै सवारी साधन चलाउँदामोबाइलमा कुराकानी गर्न रोक लगाउने निर्णय गरेको प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक पिताम्बर अधिकारीले बताउनुभयो ।
चालकले मोबाइलमा कुरा गर्दा अधिकाश ठुला घटनाहरु घटेका छन् अब मोटरसाइकल देखि अन्य कुनैपनि प्रकारका सवारी साधन चलाउदा मोवाइल फोनको प्रयोग गरेको पाईएमा अन द स्पट कारबाही गरिने समेत बताउनु भयो ।
यसमा यात्रुहरु समेत सचेत रहनुपर्छ उहाँको भनाई थियो । प्रहरीले सवारी तथा यातायात ब्यबस्था ऐन २०४९ को दोस्रो संमसोधन २०७३ अनुसार कार्वाही अगाडि बढाईने समेत जानकारी दिएको छ ।
यात्रुहरु सचेत भएर यात्रा गर्दा अझ सुरक्षित हुन्छ हामीले ट्राफिक र सहचालक लाई राखेर ठाउँ ठाउँमा यात्रुलाई सचेतना र जानकारी दिन अभियान समेत सुरु गर्न लागेको उहाँले बताउनु भयो ।
विशेष गरि लामो रुटहरुमा सञ्चालन हुने सवारी साधनहरुलाई रिफ्रेस सेण्टरमा १५ मिनेछ रोकेर यात्रुहरू लाई गन्तव्यमा पुग्न यति समय लाग्छ,हामी अहिले यतिको दुरि पार गरेर आयौ केही समस्या आएमा तत्काल प्रहरी र गाडि धनी तथा सहचालकको नम्बर सहित सार्वजनिक गरेर गाडिहरु पठाउने अभियान सञ्चालन गर्न समेत सबै मातहतका युनिटहरुमा निर्देशन दिईसकेका छौ डिआईजि अधिकारीले भन्नुभयो ।
अधिकाश दुर्घटनाहरुमा चालकको लापरवाही देखिन्छ भने, अर्काे सडकको अवस्था हो, उहाँले भन्नुभयो । साथै सवारी दुर्घटनाका अन्य कारणहरु भनेको सवारी साधनको अवस्था र टेक्निकल कुराहरु र जनचेतनाको कमिले हुने गरेको उहाँले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्