दाङ,८ पुस । दाङमा आगलागिमा परेर एक बालकको मृत्यु भएको छ । बबई गाउँपालिका ७ मलैखोलाका १० वर्षीय राजु घर्तीको जनावर भगाउनका लागि बनाएको अट्वामा आगलागी हुँदा जलेर मृत्यु भएको हो । अट्वामा सुतेका घर्ती रातमा तातो गराउनका लागि बालेको आगो अट्वामा सल्कीएपछि जलेर मृत्यु भएको हो ।
शनिबार राती १२ बजे आगो लागेपछि आमा रामकली घर्ती र बहिनीसंग सुतेका राजु भाग्न नसक्दा जलेको ईलाका प्रहरी कार्यालय खिलतपुरले जानकारी दिएको छ । आमा रामकलीको हात र गाला जलेको छ ।
उनीहरुको परिवार जंगली जनावरले बालीनाली सखाप पार्न थालेपछि अट्वामा सुत्दै आएको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख डक्टरप्रसाद चौधरीले बताउनुभयो ।
यसैबीच बबई गाउँपालिकाले अग्निपिडित घर्ती परिवारलाई राहत उपलब्ध गराएको छ । गाउँपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलका अनुसार किरिया खर्च १० हजार, २५ हजार बराबरको खाद्यान्न, लत्ता कपडा उपलब्ध गराईएको छ ।
प्रतिक्रिया दिनुहोस्