काठमाडौं,८ पुस । नेपाली कांग्रेसका युवा नेता गगन थापाले केपी शर्मा ओली नेतृत्वको बलियो सरकार बरालिएको बताएका छन । आइतबार प्रथम चापाकोट महोत्सवको समापन समारोहमा बोल्दै उनले उक्त कुरा बताएका हुन ।
ओली नेतृत्वको सरकार काममा होइन, सपनाको चक्रव्यूहमा बरालिएको उनले बताए ।’ नेपाली जनता र प्रतिपक्षीले काम गर्ने अवसर र वातावरण दिँदा पनि सरकारले काम गर्न नसकिएको उनले आरोप लगाएका छन।
दुई तिहाईको बहुमत सरकार हुँदा पनि कुनै काम गर्न नसक्नुले देशमा जनता कांग्रेसको विकल्प खोजिसकेको उनले बताए । ओलीले सुखी नेपाली–समृद्ध नेपाल’ नाराले जनतालाई जुक्याइरहेका छन्’, उनले भने, ‘नारा केवल नारामा मात्र सीमित हुने देखियो ।
उनले भने, ‘सरकारसँग काम गर्ने मौका र अवसर थियो । अवसर छोप्न र काम गर्न सक्नुपथ्र्यो सकेन, ।’देशको श्रमशक्ति विदेश बेचेर देश धनी र देशको समृद्धि नहुने उनले ठोकुवा समेत गरेका छन । ‘सरकार जग बलियो छ । दुई तिहाई बहुमत छ’, उनले भने, ‘सरकार ढाल्ने सपना अहिले नसोचौं ।
बेला आएपछि जनताले ढाल्छन्।’ नेपाली काँग्रेस सरकार ढाल्न भन्दा सरकारले गरेका गलत कार्य र प्रवृत्तिलाई नागरिक सामु पुर्याउन लाग्नुपर्ने भन्दै उनले कायकर्तालाई आग्रह गरे । फरक प्रसंगमा नेता थापाले ओली सरकार तत्काल कसैले चाहँदैमा ढाल्न नसक्ने बताए ।
प्रतिक्रिया दिनुहोस्