धनकुटा,८ पुस । प्रतिनिधि सभाका सदस्य सहित पूर्व एमाले धनकुटाका नेता चढेको सवारी आइतबार धनकुटाको पाख्रिवास नगरपालिका ७ स्थित मुगामामा दुर्घटना भएको छ ।
दुर्घटनामा परि प्रतिनिधि सभाका सदस्य राजेन्द्र राई लगायत पूर्व एमाले धनकुटाका नेताहरु अर्जुन राई, नैन बिश्वकर्मा, शान्तिराम गौतम, सरोज राई सामान्य घाईते भएका छन ।
दुर्घटनामा परेका सांसद राईको घुडामा सामान्य चोट लागेको छ भने ,अन्य नेताहरुको अवस्था पनि सामान्य रहेको धनकुटाका प्रहरी प्रमुख एसपी सुरेन्द्र बहादुर गुरुङले बताए ।
जिल्ला सदरमुकामबाट पाख्रिबासमा एक कार्यक्रमका सांसद राई सहित नेताहरु बोकेर जादैँ गरेको बा. १ झ ५८७१ नम्वरको निजामति आवासिय माध्यमिक विद्यालय धनकुटाको जिप आइतबार दिउँसो अनियन्त्रीत भई सडकबाट ५० मिटर तल झरेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्