ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेडिकल कलेज खोल्ने र सम्बन्धन दिने नाममा भ्रष्टाचार : सांसद भट्टराई


admin
८ पुस २०७५, आइतबार   ६ : १८   बजे

काठमाडौं,८ पुस । शिक्षा तथा स्वास्थ्य समिति मातहतको उपसमितिले सरकार र डा गोविन्द केसीबीच भएका सहमतिको मूल भावनाअनुसार नै राष्ट्रिय चिकित्सा शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई अघि बढाउने सहमति गरेको छ ।

उपसमितिका संयोजक भैरवबहादुर सिंहको अध्यक्षतामा आज बसेको बैठकमा सांसद योगेश भट्टराईले सरकार र डा केसीबीच भएको सम्झौताको प्रतिकूल नहुने गरी अघि जाऔँ भन्नुभयो ।

उहाँले भन्नुभयो, “मेडिकल कलेज खोल्ने र सम्बन्धन दिने नाममा भ्रष्टाचार र अनियमित भएको छ, यसको नियमन गर्नुपर्छ, शिक्षालाई सर्वशुलभ र कलेजलाई विकेन्द्रीकरण गर्नुपर्छ भन्ने कोणबाट आएको धारणा बेठिक छैन ।”

सदस्य चित्रलेखा यादवले चिकित्सा शिक्षा क्षेत्रमा देखिएका विकृति र विसङ्गतिलाई हटाएर उक्त शिक्षालाई सर्वशुलभ र व्यवस्थित तुल्याउने सन्दर्भमा सरकार र डा केसीबीच भएको सम्झौताको मूल भावनाका आधारमा विधेयकलाई अघि बढाउन सुझाव दिनुभयो ।

बैठकमा अरु सदस्यले सबै मेडिकल कलेज गैर नाफामूलक बनाउन, चिकित्साशिक्षातर्फ स्नातह तहका ७५ प्रतिशत सिट निःशुल्क गर्न तथा २५ प्रतिशत शुल्क बुझाउने सिटमा भर्ना हुने विद्यार्थीले किस्ताका आधारमा शुल्क बुझाउने व्यवस्था पनि ऐनमै राख्न सुझाव दिनुभयो ।

निःशुल्क चिकित्सा शिक्षामा पढ्ने डाक्टरले मुलुको दुर्गम क्षेत्रमा गएर दुई वर्ष अनिवार्य सेवा गर्नुपर्ने प्रावधान राख्ने विषयमा पनि समितिका सदस्यबीच बैठकमा मतैक्यता भएको थियो ।

सदस्यको जिज्ञासको जवाफ दिँदै शिक्षा, विज्ञान तथा प्रविधि गिरिराजमणि पोखरेलले सरकार र डा केसीबीच चिकित्सा शिक्षा सम्बन्धमा भएको सम्झौतालाई कार्यान्वयन गर्ने सन्दर्भमा प्रमुख प्रतिपक्षसँगसमेत आवश्यक परामर्श गरेर निष्कर्षमा पुग्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group