ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा स्थायी कमिटी बैठक स्थगित


admin
८ पुस २०७५, आइतबार   ७ : ३२   बजे

 काठमाडौं,८ पुस । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको आजको बैठक अन्तिम समयमा आएर स्थगन भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको व्यस्तताका कारण आज अपराह्न ४ः३० बजे बोलाइएको बैठक स्थगन भएको केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

अर्काे बैठक पुस ११ गते बस्ने उहाँले जानकारी दिनुभयो । प्रतिवेदनमाथि उठेका प्रश्नको विषयमा आज अपराह्न बोलाइएकोे बैठकमा अध्यक्षद्वयले जवाफ दिने कार्यक्रम थियो ।

“सबै सदस्य पार्टी कार्यालय आइसक्नु भएको थियो, अध्यक्ष ओलीको समय अभावले अन्तिममा स्थगन गरियो, अब अर्काे बैठक यही पुस ११ गते बिहान ८ बजेका लागि बोलाइएको छ”, श्रेष्ठले भन्नुभयो ।

अध्यक्ष ओली आज सरकारी वकिलको दोस्रो राष्ट्रिय सम्मेलनमा सहभागी हुनुभएकाले बैठकमा उपस्थित हुन सक्नु भएन । पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज बिहान बसेको बैठकमा नेता प्रदीप ज्ञवालीले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि आफ्नो भनाइ राखेपछि प्रतिवेदनमाथिको छलफल सकिएको थियो ।

नेकपाका केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार बिहानको बैठकमा विशेष समय लिएर वरिष्ठ नेता माधवकुमार नेपालले एशिया प्यासिफिक सम्मेलनका विषयमा आफ्ना भनाइ राख्नुभएको थियो । उहाँले सम्मेलन कुनै धर्म प्रचारका लागि नभई नेपालको हितमा रहेको बताउनुभएको थियो ।

प्यासिफिक सम्मेलनमा सहभागी भएको भनेर केही नेताले जारी बैठकमा आलोचना गरेका थिए । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलेसमेत बिहानको बैठकमा प्रतिवेदनबाहेकका विषयमा केही भनाइ राख्नुभएको श्रेष्ठले जानकारी दिनुभयो ।

गएको मङ्सिर २९ गतेदेखि अध्यक्षद्वयको संयुक्त राजनीतिक प्रतिवेदनमाथि छलफल भइरहेको छ । जारी बैठकमा बोल्ने क्रममा कतिपय स्थायी कमिटीका सदस्यले पार्टी एकीकरणले पूर्णता पाउन नसकेको, सरकराले जनअपेक्षाअनुसार काम गर्न नसकेको लगायतका विषयमा आलोचना गरेका थिए ।

उठेका सवालमा पुस ११ गते अध्यक्षद्वयको जवाफ आएपछि राजनीतिक प्रतिवेदन पारित हुने या परिमार्जन गर्ने भन्ने विषय निक्र्यौल हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group