ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्यार्थीको निधनपछि शिक्षालयको पठनपाठन प्रभावित


एबीसी न्यूज
९ पुस २०७५, सोमबार   ८ : ०६   बजे

नारायणपुर,  ९ पुस।  बस दुर्घटनामा परी उन्नाइस विद्यार्थीसहित २३ जनाको मृत्यु भएपछि कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय शोकमग्न अवस्थामा छ । शनिबार घोराही उपमहानगरपालिका–१७ गैरागाउँस्थित उक्त शिक्षालयका शिक्षक र विद्यार्थी चढेको बस दुर्घटना हुँदा भर्ना भएका आधिभन्दा बढी विद्यार्थीले ज्यान गुमाएका थिए । विद्यार्थीको निधनपछि सो शिक्षालयको पठनपाठन प्रभावित बनेको छ ।

“यसै वर्षदेखि शिक्षालय सञ्चालनमा आएको हो,” शिक्षालयका संयोजक केशरमान विसीले भन्नुभयो, “शिक्षालयको उद्घाटनसमेत गरिएको थिएन ।” कक्षा सञ्चालन भएको एक महीना नबित्दै शिक्षालयमा भर्ना भएकामध्ये करीब आधाभन्दा बढी विद्यार्थीले ज्यान गुमाएको विसीले बताउनुभयो । वनभोजका लागि विद्यार्थीलाई सल्यान नलगिएको उहाँको भनाइ छ । “पाठ्यक्रमअन्तर्गत अभ्यासका लागि विद्यार्थीलाई नजिकको वनस्पति उद्यान लगिएको हो,” उहाँले भन्नुभयो ।

विज्ञान विषय अध्ययन गर्नका लागि शिक्षालयमा ३७ विद्यार्थी भर्ना भएका थिए । छात्रवृत्तिबाट थप तीनजना भर्ना गर्नुपर्ने थियो । शिक्षालय प्रमुख यादव सुवेदीका अनुसार ३४ विद्यार्थी भ्रमणमा गएका थिए । “दुई विद्यार्थी कपुरकोटमै झरेका कारण दुर्घटनामा ३२ विद्यार्थी परे,” उहाँले भन्नुभयो । उन्नाइस विद्यार्थीको दुर्घटनामा मृत्यु भएको छ । “घाइतेसहित अब १८ विद्यार्थी शिक्षालयसँग छन्” सुवेदीले भन्नुभयो, “घाइते तेह्र विद्यार्थीमध्ये १२ को काठमाण्डौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।”

अहिले पाँच विद्यार्थी मात्रै सशुकल अवस्थामा छन् । “तत्काल शिक्षालयले कक्षा सञ्चालन गर्न सक्ने अवस्था छैन,” सुवेदीले भन्नुभयो । घाइते अधिकांशको यस वर्ष अध्ययन गर्न सक्ने अवस्था छैन । शिक्षालयको पहिलो वर्षको शैक्षिकसत्र प्रभावित बनेको छ । शिक्षालयका संयोजक विसी बाँचेका विद्यार्थीबाट नै पठनपाठन पुनः थालिने बताउनुहुन्छ । “यस वर्ष पुनः विद्यार्थी भर्ना गर्न सक्ने अवस्था छैन, विद्यार्थी अन्यत्रै भर्ना भइसकेका छन्,” विसीले भन्नुभयो । नमस्ते राप्ती यातायात प्रालिले घाइतेको सम्पूर्ण उपचार समितिले बेहोर्ने जनाएको छ । शनिबार प्रालिको बा४ख ९७६६ नं को बस दुर्घटना हुँदा २३ जनाको मृत्यु तथा १४ जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group