काठमाडौं,९ पुस । शेर्पा सञ्चार समूह नेपालले ट्रेकिङ पेशामा आवद्ध युवाहरुलाई लक्षित गरी ६ दिने ट्रेकिङ फोटोग्राफी तालिम सम्पन्न गरेको छ ।शनिबार राजधानीको बौद्ध तिनचुलीमा आयोजित समापन समारोहमा विभिन्न देशका महाबाणिज्यदुतका प्रतिनिधि आङछिरिङ शेर्पाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
ट्रेकिङमा आएका आफ्नो क्लाइन्टको फोटो खिचि दिने मात्र नभई भ्रमण गरेको ठाउँको महत्व र सुन्दरतालाई पनि फोटो मार्फत प्रस्तुत गर्न सक्ने बनाउन यो तालिम सञ्चालन गरेको आयोजकले जनाएको छ ।
ट्रेकिङ र हिमाल आरोहण पेशामा आवद्ध व्यतिmहरुले कुनै पनि ठाउँको महत्व मात्र नभइ त्यस ठाउँमा भइरहेको बद्लिँदो अवस्थालाई पनि फोटो मार्फत प्रस्तुत गर्न सके त्यसले मुलुकको हितमा मात्र नभई पर्यटन विकास समेत मद्यत पुग्ने आशा गरिएको बताइएको छ ।
कुनै पनि सञ्चार माध्यम पुग्न नसक्ने विश्वको अग्लो स्थान सगरमाथामा आरोहिहरु वर्षेनी जाने हुँदा उहाँहरुलाई फोटोका महत्व र शतिm बुझाउन सके सामाजिक सञ्चालमा सिमित फोटोहरुमार्फत विश्वमा पु¥याउने बताइएको छ ।
त्यसैले यो तालिम आरोहि र ट्रेकिङ पेशामा लागेकाहरुलाई प्रदान गरेको शेर्पा सञ्चार समूह नेपालको महासचिव पासाङ शेर्पाले जानकारी दिएका छन ।
जलवायु परिवर्तनका कारण नेपालको हिमालहरु पग्लि रहेका छन, हिमतालहरुमा प्रत्येक दिन परिवर्तन आइरहेको छ । यसमा नेपालका सञ्चार माध्यमहरुले कम अनुसन्धान गरेको पाइएको छ ।
यस्तो अवस्थामा उहाँहरुलाई फोटो मार्फत यो विषयहरु समेटि दिएमा सबैलाई सचेत गराउन मद्यत पुग्ने शेर्पाको भनाइ छ । विभिन्न जिल्लाका छानिएका १५ जना विद्यार्थी आरोहि र ट्रेकरहरुले तालिममा सहभागिता जनाएका थिए ।
तालिम नेपाल कै पहिलो फोटो ग्राफर राज भाइ सुवालले दिएको थियो । तालिममा सहभागी विद्यार्थीहरुले खिचेको तस्बिरको प्रदर्शनी र प्रतियोगिता समेत गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्