ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 भूमिहीन र सुकुम्बासीको उचित व्यवस्थापन नभएसम्म  देशको विकास हुदैन् :मन्त्री यादव


admin
११ पुस २०७५, बुधबार   ४ : ४४   बजे

लहान, ११ पुस । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले भूमिहीन सुकुम्बासीको समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताउनुभएको छ ।

नेपालमा बसोवास बस्ती संरक्षण समाजको २ नं प्रदेश अधिवेशनको आज लहानमा उद्घाटन गर्नुहुँदै उपप्रधानमन्त्री यादवले भूमिहीन सुकुम्बासी समस्याबाट वास्तविक तथ्य पत्ता लगाएर समाधानका लागि सरकार तत्पर रहेको छ भन्नुभयो ।

प्रदेश नं २ मा सबैभन्दा बढी सुकुम्बासी र भूमिहीनताको समस्या रहेको उल्लेख गर्नुहुँदै वास्तविक भूमिहीनहरुको पहिचान गरी उनीहरुको समस्या समाधानका सरकारले योजना अघि बढाइसकेको बताउनुभयो ।

संविधानले नै भूमिहीन र सुकुम्बासीको उचित व्यवस्थापनका लागि सुनिश्चित गरिसकेको चर्चा गर्नुहुँदै उहाँले भूमिहीन र सुकुम्बासीको उचित व्यवस्थापन नभएसम्म देशको समग्र विकास सम्भव नहुने दाबी समेत गर्नुभयो ।

वास्तविक भूमिहीन सधैँ भूमिहीन नै भइरहने, हुकुम्बासी चाहीँ सुकुम्बासीको नाममा लुटिरहने प्रवृत्ति देखिदै आइरहेको छ, सङ्घीय समाजवादी फोरमका अध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री यादवले भन्नुभयो,“यो असाध्यै दुःखद् कुरा हो, यस्तो प्रवृत्तिको अन्त्य नभएसम्म सुकुम्बासी र भूमिहीनताको समस्या समाधान हुन सक्दैन् ।”

पटकपटक सुकुम्बासी समस्या समाधानका लागि आयोग बने तर, ती आयोगबाट समेत सन्तोषजनक काम हुन नसकेकाले अब सचेत हुनुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा नेपाल बसोवास बस्ती संरक्षण समाजका महासचिव कुमार कार्कीले प्रदेश नं २ मा मात्रै करीब रु तीन लाखको हाराहारीमा भूमिहीन सुकुम्बासीहरु रहेको चर्चा गर्नुहुँदै समस्या समाधानका लागि दबाब दिनुपर्नेमा जोड दिनुभयो ।

नेपाल बसोवास बस्ती संरक्षण समाजका नं प्रदेश २ संयोजक सुभेन्द्र दासको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा नेकपाका युवा नेता तथा सार्थक अभियान नेपालका अध्यक्ष भरत गौतम, सङ्घीय समाजवादी फोरमका केन्द्रीय सदस्य रेखा यादव, अधिकारकर्मी विनोदकुमार विश्वकर्मालगायतले भूमिहीन सुकुम्वासी समस्या बारे बोल्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group