ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संविधानमा धर्मका बारेमा जे छ त्यही हाम्रो धारणा हो – सिटौला


एबीसी न्यूज
१२ पुस २०७५, बिहिबार   १ : ३८   बजे

काठमाडौँ, १२ पुस ।  नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले धर्मका बारेमा काङ्ग्रेसले नेपालको संविधानमा भएको व्यवस्थालाई अपनत्व लिएको भन्दै यसमा कसैले चिन्ता लिनुपर्ने बताउनुभएको छ ।

सञ्चारकर्मीसँग आज यहाँ अन्तरक्रिया गर्दै उहाँले भन्नुभयो, “हाम्रै नेतृत्वमा संविधान जारी भएको संविधानमा धर्मका बारेमा जे छ त्यही हाम्रो धारणा हो ।” मुलुकमा यतिखेर अनेक अतिवादीहरू सक्रिय हुन खोजेको उल्लेख गर्दै काङ्ग्रेसका पूर्वमहामन्त्रीसमेत रहनुभएका नेता सिटौलाले आफूहरूलाई कुनै पनि अतिवादी स्वीकार्य नभएको स्पष्ट पार्नुभयो ।

नेता सिटौलाले वर्तमान सरकारले जनपअ‍ेक्षाअुनसार काम गर्न नसकेको र सबै सरकारी निकायमा हस्तक्षेप गरेको आरोप लगाउँदै यस परिस्थितिमा काङ्ग्रेस जनतामाझ जानुपर्ने धारणा व्यक्त गर्नुभयो । हालै सम्पन्न पार्टीको महासमिति बैठक सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै उहाँले बैठकबाट पारित विधानअनुसार अब कि छिट्टै महाधिवेशनको तयारीमा जानुपर्ने कि अन्तरिम समयसम्मका लागि पार्टीका संरचना निर्माण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नेता सिटौलाले सबै केन्द्रीय सदस्यले वडा तहबाटै निर्वाचित भएर आउनुपर्ने र आरक्षण एक पदमा एक व्यक्तिलाई एकपटक मात्र प्राप्त हुने महासमिति बैठकमा प्राप्त सुझावलाई पार्टीको केन्द्रीय समिति बैठकबाट विधानमा समेटिने जानकारी दिनुभयो ।

कार्यक्रममा युवानेता गगनकुमार थापाले काङ्ग्रेसको विधान अग्रगामी बनेको बताउँदै विधान तहः पार्टीका संरचना बनाउन र सङ्गठन सुदृढीकरणका लागि समयमै निर्धारित पार्टीको महाधिवेशन सम्पन्न गर्नुपर्ने उल्लेख गर्नुभयो ।

काङ्ग्रेसले आफ्नो राजनीतिक प्रस्तावमा संविधानका मूलभूत व्यवस्थालाई स्वामित्व लिई उल्लेख गरेको बताउँदै उहाँले संविधानको सार्थक कार्यान्वयन गर्न पनि काङ्ग्रेसले नेतृत्व लिने स्पष्ट पार्नुभयो । काङ्ग्रेसमा गुटउपगुट मौलाएको छ नि ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता थापाले भन्नुभयो, “द्वन्द्व र गुट नभएको पार्टी जीवन्त रहन सक्दैन तर यसलाई नेतृत्वले व्यवस्थापन गर्नु आवश्यक छ ।”

उहाँले पनि धर्मका सम्बन्धमा संविधानमा भएको व्यवस्था नै पार्टी धारणा भएको उल्लेख गर्दै सनातनदेखि चलिआएको धर्मको संरक्षण गर्नुपर्ने र धर्म परिवर्तन गराउने विषय गलत भएको टिप्पणी गर्नुभयो ।

पार्टीका केन्द्रीय सदस्य उमाकान्त चौधरीले सरकारका क्रियाकलापले जनता निराश बनेको आरोप लगाउँदै काङ्ग्रेस जनतामाझ गएर आशा र विश्वास जगाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले काङ्ग्रेसका संस्थापक नेता बिपी कोइरालाका पालामा विधानमा समावेशी व्यवस्था नभए पनि व्यवहारमा लागू भएको जानकारी गराउँदै उक्त व्यावहारिकतालाई हाल विधानमा समेटिएको बताउनुभयो ।

काङ्ग्रेस नेता शिव हुमागार्इंले महासमिति बैठकबाट पारित विधानअनुसार अब नेता कार्यकर्तामुखी र कार्यकर्ता जनतामुखी हुने बताउनुभयो । नेताहरू सिटौला, थापा र चौधरी काङ्ग्रेसको १३औँ महाधिवेशनमा क्रमशः सभापति, महामन्त्री र कोषाध्यक्ष पदमा समूह बनाई उम्मेदवार बन्नुभएको थियो । (श्रव्य सामग्री उपलब्ध छ)
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा (बहुमत) का नेता गुणराज लोहनी निष्कासित, अध्यक्षमाथि गालीगलौज गरेको आरोप

रेडक्रसले दिएका १,४४० शव राख्ने झोला पनि अपुग, भारतबाट थप ल्याउने तयारी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Missing Hydropower Workers Re-Establish Contact After Nepal Flash Floods

ADB Approves $5 Million Grant to Aid Nepal Flood Survivors

Dave Marsh: A Life Spent Fighting Through Music and Words

Historical Narratives of American Force Often Lack Critical Scrutiny

US-Canada Trade Tensions Escalate With New Tariffs

Federal Reserve Chair Signals Potential for Further Rate Hikes to Combat Inflation

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu