ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अस्पतालको फोहर व्यवस्थापन नहुँदा बिरामी तथा कुरुवालाई समेत संक्रमण


एबीसी न्यूज
१३ पुस २०७५, शुक्रबार   ९ : २३   बजे

रत्ननगर, १३ पुस ।   मेडिकल सिटीको रूपमा विकास भइरहेको भरतपुरमा अस्पतालबाट निस्किने फोहर मुख्य समस्याका रूपमा देखापरेका छ । अस्पतालको फोहर व्यवस्थापन गर्ने आधुनिक प्लान्ट नहुँदा उपचारका लागि आउने बिरामी तथा कुररुवालाई समेत संक्रमण हुने सम्भाबना छ ।

भरतपुर महानगरमा क्यान्सरको उपचार हुने देशकै ठूलो विपी मेमोरियल क्यान्सर अस्पताल, सरकारी अस्पताल भरतपुर अस्पताल, दुई ठूला मेडिकल कलेजलगायत झण्डै २६ अन्य ठूला निजी अस्पताल र १०० भन्दा बढी निजी क्षेत्रबाट सञ्चालित पोलिक्लिनक छन् । यहाँ विभिन्न जिल्लाबाट बिरामी उपचार गर्न आउँछन् ।

अस्पतालबाट दैनिक दुई टन अस्पतालजन्य संक्रमित फोहर निस्किने गरेको महानगरपालिकाको तथ्याङकमा उल्लेख छ । अस्पतालहरुले फोहरलाई परिसरभित्रै सामान्य सेप्टी ट्याङ्कीमा फाल्ने गरेका छन् । यस्ता फोहरको दुर्गन्ध अस्पतालसम्मै आउने गरेको गुनासो बिरामीहरुको छ ।

अस्पताल सञ्चालनमा ल्याउँदा संक्रमित फोहरको आफै प्रबन्ध मिलाउँछौँ भनेर प्रतिबद्धता गरिए पनि यस्ता फोहरको विषयमा खासै ध्यान दिएको नपाइएको भरतपुर महानगरपालिकाका प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभयो । “अस्पतालभित्र फोहर छुट्याएर राखिए पनि एकै ठाउँमा फाल्ने गरिएको पाइन्छ ” , अधिकृत सुवेदीले भन्नुभयो, “मानव स्वास्थ्यमा गम्भीर असर गर्ने यस्ता फोहर व्यवस्थापनमा बेवास्था भइरहेको छ । ती अस्पतालले गम्भीरताका साथ तोकिएका शर्तहरु पालना गर्नुपथ्र्यो ।”

अस्पतालले सेप्टी ट्याङ्कीबाट कुहिएर निस्किने झोललाई खुला जमीनमै विर्सजन गर्दै आइरहेको छ । यस्ता फोहरले मानव स्वास्थ्य र वातावरणमा सिधैँ असर पु¥याउँछ । लामो समयदेखि यस्ता फोहर व्यवस्थापनका लागि बहस चल्दै आइरहे पनि प्लान्ट निर्माण गर्न अस्पतालमा जग्गा अभाव भएका ले समस्या समधान हुनसकेको छैन ।

उचित स्थान, साधन र स्रोतको अभावमा प्लान्ट निर्माण गर्न सकिएको छैन । यसका लागि भरतपुर अस्पतालको जग्गामा डिपिआर गर्न भरतपुर महानगरपालिकाले  पाँच लाख छुट्याएको पनि छ र कोरियाली फोहर व्यवस्थापन कम्पनी सुडुकोनसँग प्लान्ट निर्माणका लागि सम्झौता पनि भइसकेको छ तर पनि कार्यान्वयनमा भने चासो देखाइएको छैन ।

यहाँका अस्पतालले फोहर व्यवस्थापनका लागि अझैसम्म छुट्टै फोहर व्यवस्थापन समिति पनि बनाएका छैनन् । ती अस्पताललाई फोहर व्यवस्थापनका लागि सुझाव दिएका छाँै, भरतपुर महानगरपालिका वातावरण समितिका संयोजक पदमपाणि सुवेदीले भन्नुभयो, “अस्पतालमा फोहर व्यवस्थापन गर्न सहयोगसँगै अनुगमनलाई पनि तीव्रता दिन्छौँ । यस विषयमा सबैभन्दा पहिला अस्पताल नै गम्भीर बन्न जरुरी छ ।”

भरतपुर महानगरपालिकाले जिल्लाका निजी तथा सरकारीमा संक्रमित फोहरबारे अनुगमन गर्ने जनाएको छ । जिल्लाका सबै अस्पतालमा अनुगमन गर्ने निर्णय गरेको भरतपुर महानगरपालिकाका वातावरण शाखा प्रमुख विराट घिमिरेले जानकारी दिनुभयो । पहिलो चरणमा अस्पतालमा गएर प्राराम्भिक प्रतिवेदन तयार पार्छौँ, उहाँले भन्नुभयो, “अस्पतालका सञ्चालकलाई यस विषयमा सचेत गराउँछौँ, लापरवाही गरेको पाइएमा कारवाहीको दायरमा ल्याउँछाँै ।”

भरतपुर महानगरपालिकाले आफ्नो फोहरलाई आफँै व्यवस्थापन गर्न अस्पताललाई आग्रह गर्दै आइरहेको छ । अस्पतालजन्य फोहर समयमै व्यवस्थापन नगरे यहाँ ठूलो समस्या आईपर्नेमा स्थानीय बासिन्दामा चिन्ता छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा (बहुमत) का नेता गुणराज लोहनी निष्कासित, अध्यक्षमाथि गालीगलौज गरेको आरोप

रेडक्रसले दिएका १,४४० शव राख्ने झोला पनि अपुग, भारतबाट थप ल्याउने तयारी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Missing Hydropower Workers Re-Establish Contact After Nepal Flash Floods

ADB Approves $5 Million Grant to Aid Nepal Flood Survivors

Dave Marsh: A Life Spent Fighting Through Music and Words

Historical Narratives of American Force Often Lack Critical Scrutiny

US-Canada Trade Tensions Escalate With New Tariffs

Federal Reserve Chair Signals Potential for Further Rate Hikes to Combat Inflation

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu