ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पृथ्वीनारायण शाहको योगदानको चर्चा


admin
१५ पुस २०७५, आइतबार   १२ : ०९   बजे

काठमाडौं,१५ पुस । पृथ्वीनारायण शाहको २९७औैँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय एकता दिवस तथा २९७औँ पृथ्वीजयन्ती मूल समारोह समितिले शनिबार यहाँ आयोजना गरेको नेपाली राष्ट्रियता र पृथ्वीनारायण शाह विषयक विचार गोष्ठीमा विद्वान वक्ताले उहाँले नयाँ नेपालको एकीकरणमा खेलेको भूमिकाबारे चर्चा गर्नुभएको छ ।

नेकपाका नेता तथा पूर्वमन्त्री भीम रावलले देशको निर्माणमा वडामहाराजाधिराजको विशेष योगदानलाई बिर्सन नहुने बताउँदै हामी सबै जातजाति मिलेर राष्ट्रिय हितलाई संरक्षण गर्नुपर्छ भन्नुभयो ।

उहाँले स्वाभिमान भएको व्यक्तिले मात्र मुलुकको एकीकरण गर्न सक्षम हुने भन्दै पृथ्वीनारायण शाहमा त्यो स्वाभिमान प्रष्ट भएको चर्चा गर्नुभयो ।

नेपाली काङ्ग्रेसका नेता तथा पूर्वमन्त्री डा रामशरण महतले नेपालको इतिहासमा पृथ्वीनारायण शाह सबैभन्दा महत्वपूर्ण सपुत भएको चर्चा गर्नुभयो । उहाँले राजा यक्षमल्लले पनि नेपालको एकीकरण गरे पनि पछि आफ्नो तीन छोरालाई काठमाडौँ, ललितपुर तथा भक्तपुर विभाजन गरिदिएका कारण नेपाल टुक्राटुक्रा राज्यमा परिणत भएको चर्चा गर्नुभयो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले पृथ्वीनारायण शाहको नेपाल एकीकरणबाट चीन र भारतले पनि प्रेरणा हासिल गरेको बताउँदै पृथ्वीलाई आततायीको दृष्टिले हेर्न नहुने विचार व्यक्त गर्नुभयो ।
सीमाविद् बुद्धिनारायण श्रेष्ठले जापान, फ्रान्स, जर्मन, इटली, बेलायत आदि मुलुकले आफ्नो सीमा विस्तार गरिरहेका बेला नेपालले पनि आफ्नो सार्वभौम रक्षाका लागि सीमा विस्तार गर्नु महत्वपूर्ण कार्य हो भन्नुभयो ।

उहाँले पृथ्वीनारायण शाहले गरेको सीमा विस्तारलाई आफूले विस्तारवादीका रुपमा नभई एकीकरणका रुपमा स्वीकार गर्ने बताउनुभयो ।
प्राध्यापक लालबाबु यादवले काठमाडौँका मल्ल राजाले पनि त्यसबेला तराईका चेलीबेटीसँग विवाहबारी गरेको प्रसङ्ग उल्लेख गर्दै ती राजाले काठमाडौँमा मैथली संस्कृति तथा साहित्यको विकास गर्न योगदान गरेको चर्चा गर्नुभयो ।

वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितले पनि बोल्नुभएको सो कार्यक्रमको सभापतित्व अभियन्ता भरत बस्नेतले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group