ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 प्रतिनिधिसभा बैठक : सडक निर्माणबारेमा सरकारको ध्यानाकर्षण


admin
१९ पुस २०७५, बिहिबार   १ : ५६   बजे

काठमाडौं,१९ पुस । प्रतिनिधिसभाको आजको बैठकमा तराईमा चिसोका कारण जनजीवन प्रभावितदेखि सडक निर्माण, निर्मला पन्तको हत्यालगायतका विषयमा सांसदले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकमा शून्य समयमा बोल्ने सांसद रानी मण्डलले चिसोको कारण मधेशका नागरिकको जनजीवन प्रभावित भएको हुँदा सरकारले न्यानो कपडा र दाउराको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद यज्ञराज सुनुवारले प्रदेश नम्बर १ राजधानीसम्म पुग्नका लागि ओखलढुङ्गा र खोटाङका नागरिकलाई असहज भएको हुँदा घुर्मी चतरा सडक छिटो निर्माण गर्न सरकारसँग माग गर्नुभयो ।

सांसद राजेन्द्रकुमार केसी, भवानी खापुङ, यज्ञबहादुर बोगटीले सडक निर्माणमा आएको बजेटबाट आर्थिक वर्षको आधाभन्दा बढी समय सकिन लाग्दासम्म सडक निर्माणको काम शुरु नभएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद विमला विकले समानुपातिक सांसदलाई बजेट विनियोजन गर्दा विभेद गरेकोप्रति आपत्ति प्रकट गर्नुभयो । सांसद भरतकुमार शाहले भैँसेपाटीमा मन्त्रीलाई आवासीय भवन बनाउने निर्णय सञ्चाइ सांसद आवास गृह बनाउन माग गर्नुभयो ।

सांसद डा मीनेन्द्रप्रसाद रिजालले भूकम्पको पुनःनिर्माणको रु दुई अर्ब ५० करोड कहाँ गयो भन्दै धरहरा पुनःनिर्माणलगायतका लागि सङ्कलन गरिएको पैसाको बारेमा सरकारसँग जानकारी माग गर्नुभयो ।

सांसद यशोदा गुरुङ सुवेदीले नेपालका नम्बर प्लेटको गाडी भारत लान नपाउने तर भारतको नम्बर प्लेटका गाडीचाँहि नेपाल गुड्ने व्यवस्थाका बारेमा सरकारको स्पष्ट धारणा माग गर्नुभयो ।

सांसद रंगमती शाहीले निर्मला हप्याकाण्डका विषयमा अध्ययन गर्न सरकार सफल नभएको हुँदा महिला सांसदलाई सो विषयमा अध्ययन गर्ने जिम्मा दिएमा दोषी पत्ता लगाउने बताउनुभयो ।

सांसद राजेन्द्रप्रसाद गौतमले सरकारले सङ्घीय तथा स्थानीय विकास मन्त्रालयको डोलीडार आयोजना एकातिर बजेट अर्कोतिर भएकाले बजेटको यकिन गर्न माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group