ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 सरकारले ग¥यो स्थानीय तहलाई चार वर्गमा वर्गीकरण


admin
२० पुस २०७५, शुक्रबार   २ : ३१   बजे

 

काठमाडौं,२० पुस । सरकारले ७५३ वटा स्थानीय तहको प्रारम्भिक वर्गीकरण गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पूर्वाधार तथा सामाजिक विकासका आधारमा चार वर्गमा स्थानीय तहको वर्गीकरण गरिएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी गराउनुभयो ।

उहाँका अनुसार अति दुर्गम ‘क’ वर्गका १६२, दुर्गम ‘ख’ वर्गका २१८, मध्यम ‘ग’ वर्गका २७५ र सुगम ‘घ’ वर्गका ९८ वटा स्थानीय तह रहेका छन् ।

मन्त्रालयले यातायातको सुविधा (सडक र हवाई यातायातको गुणस्तर र नियमितता), प्रदेश राजधानीदेखिको दूरी, जिल्ला सदरमुकामदेखिको दूरी, स्थानीय तहमा उपलब्ध शिक्षा, स्वास्थ्य सेवा, दूरसञ्चार सेवा, विद्युत् सेवाको पहुँच र नियमितता, मानव विकास सूचकाङ्क, भौगोलिक अवस्थिति र स्थानीय तहको स्तरसमेतका आधारमा सूचक निर्धारण गरी वर्गीकरण गरिएको हो ।

मन्त्रालयले जिल्ला समन्वय समितिले पठाएको विवरणका आधारमा वर्गीकरण गरेको हो । उहाँले वर्गीकरणका आधारका स्थानीय तहको विकासमा प्राथमिकता र स्थानीय तहमा खटिने कर्मचारीको व्यवस्थापन, कर्मचारीको सेवा सुविधा र वृत्तिविकासमा समेत वस्तुगत बनाउन सजिलो हुने बताउनुभयो ।

मन्त्रालयले आफू वर्गीकरणमा परेको चित्तबुझ्दो नभए सात दिनभित्र स्थानीय तहलाई मन्त्रालयमा उजुरी गर्नसमेत आग्रह गरेको छ ।
मन्त्रालय र युनियनबीच नौबुँदे सहमति

यसैगरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनबीच नौबँुदे सहमति भएको छ ।

सहमतिअनुसार निजामती कर्मचारी सरकारले हालै ल्याएको ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजनमा जाने सहमति भएको युनियनका उपाध्यक्ष भोला पोखरेलले जानकारी दिनुभयो ।

कर्मचारीको समस्या समाधान गर्न बनेको कार्यदल र युनियनबीच सहमति भएको उहाँले बताउनुभयो । सरकारकोतर्फबाट कार्यदलमा मन्त्रालयका सहसचिव भुपाल वराल, अर्थमन्त्रालयका सहसचिव सुमन दाहाल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव डा हरि पौडेल रहनुहुन्थ्यो ।

उहाँका अनुसार तीन तहमा समायोजन हुने सरकारी सेवामा स्थायी श्रेणीविहीन कर्र्मचारीको स्तरवृद्धि र बढुवा सम्बन्धमा आवश्यक कानूनी व्यवस्था गर्ने, समायोजनपश्चात् प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई निजको स्थायी ठेगाना भएको प्रदेश र स्थानीय तहमा निश्चित अवधि तोकी त्यही स्थानीय तहको सहमति र मिल्दो सेवा समूहमा सरुवा हुने गरी प्रदेश र स्थानीय तहको सेवा सर्तसम्बन्धी कानूनमा व्यवस्था गर्ने, समायोजनका लागि युनियनले ‘सहयोगी कक्ष’ सञ्चालन गर्ने सहमति भएको छ ।

यस्तै सहमतिअनुसार कर्मचारी समायोजन प्रक्रियालाई सहज बनाउने र वृत्तिविकासलगायत कर्मचारी व्यवस्थापन विषयलाई व्यवस्थित, पारदर्शी र अनुमानयोग्य बनाउनेछ ।

जसका लागि समायोजन भई प्रदेश निजामती सेवा तथा स्थानीय सेवामा जाने सबै सेवा समूहका कर्मचारीलाई त्यही सेवामा बढुवाको अवसर नपाएसम्म सङ्घमा बढुवासम्बन्धी अवसर प्रदान गर्ने, समायोजन भई जाने कर्मचारीको सेवा, सर्त र सुविधाको सुरक्षा निजामती सेवा ऐन २०४९ अनुसार सुनिश्चित गर्ने, समायोजनपश्चात् समेत कर्मचारीको तलब, भत्ता, उपदान, निवृत्तिभरण, पारिवारिक वृत्ति, उपचार खर्चलगायत खाइपाइ आएको सुविधा नघट्ने गरी सुनिश्चित गर्ने रहेको छ ।

यस्तै प्रदेश वा स्थानीय तहको पदमा समायोजन भएर जाने कर्मचारीको साविकको स्तर र ज्येष्ठतालाई असर नपर्ने गरी कानूनी व्यवस्था गर्ने, कर्मचारी व्यवस्थापनसम्बन्धी नीति र तर्जुमा गर्दा आधिकारिक ट्रेड युनियनको प्रतिनिधित्व गराउने, निजामती कर्मचारीको शिक्षा, स्वास्थ्य र कर्मचारी कल्याण कोषलगायतका विषयमा सङ्घीय निजामती सेवा ऐनमा समावेश गर्ने, राजपत्र अनङ्कित प्रथम श्रेणी प्राविधिक कर्मचारीलाई प्रदेश तथा स्थानीय तहको छैटौँ तहमा समायोजन गर्न सम्बन्धित सेवाको गठन समूह तथा श्रेणी विभाजन र नियुक्तिसम्बन्धी नियमावलीमा भएको सेवा प्रवेश गर्दाको बखत न्यूनतम शैक्षिक योग्यतालाई आधार मान्ने सहमति भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group