असोज, ६ अछाम । अछामको चौरपाटी गाउँपालिकाको प्रथम गाउँसभाले चालू आर्थिक बर्षका लागि ३० करोड ४० लाख २४ हजार ७ सय ८८ बरावरको बजेट पारित गरेको छ ।
गाउँसभाले पारित गरेको बजेटमा पुजीगत तर्फ २० करोड ३१ लाख २ हजार रहेको छ । पारित बजेट मध्ये चालु तर्फ ४ करोड ५३ लाख ५० हजार रुपैयाँ रहेको छ । यस्तै ससर्त अनुदान तर्फ ९ करोड २५ लाख ८६ हजार पारित भएको छ ।
गाउँपालिकाकोे प्रथम गाउँसभाले विकास र समृद्धिलाई मध्यनजर गर्दै वार्षिक बजेट नीति तथा कार्यक्रम पारित गरेको हो । भौतिक पूर्वाधार निर्माण, कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिदै बजेट पारित गरेको कार्यकारी अधिकृत खकेन्द्र खड्काले जानकारी दिए । बुधबार बसेको गाउँसभाले बजेटलाई दृढतापूर्वक कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ ।
गाउँपालिका अध्यक्ष हर्क बहादुर साउदको अध्यक्षताका भएको गाउँसभाका प्रमुख अतिथी पूर्ब सभाषद् शेर बहादुर कुँवर रहनु भएको थियो । प्रमुख अतिथी कुँवरले ‘गाँउपालिकाको विकासका लागि जनता नै बढी अग्रसर हुनुपर्ने र पर्यटन विकास र वनजंगल संरक्षणमा बढी जोड दिदै आफ्नो अधिकार र कर्तब्य दुईटै पुरा गर्नुपर्ने’ सुझाब दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्